Above Article Ad
  • विकासबस्तीको कालिका मन्दिरमा ज्ञान-विज्ञान सप्ताह धार्मिक महा- महोत्सव सुरु

    Above Article Content Ad
  • कञ्चनपुर, १ फागुन ।
    पुनर्वास नगरपालिका १० विकासबस्तीको कालिका मन्दिरमा सोमबारदेखि ज्ञान-विज्ञान सप्ताह धार्मिक महा- महोत्सव सुरु भएको छ ।
    श्री कालिका मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको ज्ञान-विज्ञान सप्ताह धार्मिक महा – महोत्सव को पुनर्वास नगरपालिका नगर प्रमुख तोयप्रसाद शर्माले पानसमा बत्ती बालेर तथा १००८ शालिग्राममा पुजा अर्चना गरि औपचारिक रूपमा उद्घाटन गर्नुभएको थियो ।
    फागुन १ गतेदेखि सुरु भई ७ गतेसम्म सञ्चालन हुने महायज्ञमा करिब एक लाख श्रद्धालु भक्तजनले धार्मिक कथा श्रवण गर्ने जनाईएको छ । साथै उक्त महायज्ञबाट संकलन गरिएको आर्थिकबाट मन्दिर परिसरलाई तारबार , गेट निर्माण लगायत संगै सामाजिक क्रियाकलापमा खर्च गरिने सप्ताह धार्मिक महा- महोत्सव व्यवस्थापन समिति संयोजक तेजबहादुर खड्काले बताउनुभयो ।
    धार्मिक महा- महोत्सव सफल पार्न समाजसेवी तेजबहादुर खड्काको संयोजकत्वमा २७ सदस्यीय समिति चयन गरिएको छ ।
    कार्यक्रममा पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्माले पछिल्लो समय आधुनिकताको नाममा हिन्दु धर्म भित्र आएको विचलनले समाजमा धार्मिक तथा सामाजिक दायित्व अभाव खटिएको बताउनुभयो ।
    समाजलाई सहि मार्गमा डोर्‍याउने कार्य धार्मिक आस्था ले पूरा गर्ने भएकोले सबैलाई धार्मिक विचारको श्रवण गरि सोही मार्गमा लाग्न नगर प्रमुख शर्माले प्रेरित गर्नुभयो ।
    समाजसेवी भक्तबहादुर अधिकारीले शुभकामना मन्तव्यमा आफ्नो भनाइ राख्दै महायज्ञको मार्फत समाजमा समतामूलक समाज निर्माणको पाटोमा जातीय विभेद अन्त्यको पाटोका साथै सामाजिक दायित्वको बिषयमा यो धार्मिक महोत्सवले भुमिका निर्वाह गर्न सफल होस भन्ने शुभेच्छा व्यक्त गर्नुभएको थियोे ।
    ज्ञान-विज्ञान सप्ताह धार्मिक महा – महोत्सवमा प्रत्येक दिन बिहान ५:३० बजेबाट ६:३० बजेसम्म योग बिज्ञान शिविर हुने ६:३० देखि १२ बजेसम्म पुजाअर्चना तथा १००८ शालिकग्राम परिक्रमा श्रीमद्भागवतको पाठ पारायण , १२:३० बजेदेखि ४:३० सम्म कथा प्रवचन र राष्ट्रिय कलाकार द्वारा भजन किर्तन , झाँकि प्रदर्शन आरति , पुष्पाञ्जली , तथा प्रसाद वितरण गरिने तथा सांझ ६ : ०० बजेदेखि ७:०० बजेसम्म ( महात्म्य प्रवचन ) रात्रिकालिन भजनकिर्तन तथा झाँकि प्रदर्शन हुने त्यस्तै २०७९ फागुन ७ गते यज्ञ विसर्जन , पुर्णआहुती , झाँकि , भजनकिर्तन हुने जनाईएको छ भने ज्ञान विज्ञान सप्ताह धार्मिक महा- महोत्सवमा बिशेष तुलादान , गौ दान , ब्रह्ममण भोजन , सालिग्राम ( १००८) परिक्रमा , व्रतबन्ध , विबाह , ग्रहशान्ति , सम्पूर्ण वैदिक अनुष्ठान को कार्यक्रम समेत रहेको मुल आयोजक समिति सदस्य नरेन्द्र गुरूङले बताए ।
    उक्त महायज्ञमा प्रखर वक्ता पण्डित श्री प्रमोद पौडेल ( विष्णु प्रपन्न जी) तथा प्रमुख व्यवस्थापक तथा यज्ञ आचार्य श्री कृष्ण दाहाल ज्यु प्रमुख कथावाचक रहेका छन ।

    मन्दिर समिति संयोजक चेतबहादुर बिष्ट सभापतित्वमा भएको महायज्ञ उद्घाटन कार्यक्रम का प्रमुख अतिथि पुनर्वास नगरपालिका प्रमुख तोया प्रसाद शर्मा रहेका थिए । बिशिस्ट अतिथि मा पुनर्वास नगरपालिका वडा नम्बर ५ का अध्यक्ष पदमबहादुर रोकाया , समाजसेवी भक्तबहादुर अधिकारी , गजेन्द्र बिष्ट लगायत रहेका थिए । कार्यक्रम को सञ्चालन मुल आयोजक समिति का सचिव नारद खड्काले गरेका थिए

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button