
तामाङ समुदायमा लोपोन्मुख बन्दै गएको माने नाच र बोम्बो नाचको जागेर्ना गर्न जुर्मुराए युवा पिँढी
पुनर्वास- कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिका वडा नं ३ मा बौद्ध कला र संस्कृतिलाई समुदायसँग जोडेर लैजानुपर्ने भन्दै बोम्बो नाच देखाएको छ।
पुनर्वास नगरपालिका वडा नं ३ रामबस्तीमा जिर्ण अवस्थामा रहेको कुङ्कर अर्थात् देउराली को पुनः निर्माण गरी अक्थालियन तामाङ समुदायले बौद्ध धर्ममा लोपोन्मुख बन्दै गएको माने नाच र बोम्बो नाचको शुभारम्भ गरिएको छ। साबिक धादिङ जिल्ला झार्लाङबाट बसाई सराई गरी पुनर्वास का करिब ५/६ गाउँ मा तामाङ समुदायको बसोबास रहेको छ।
पुनर्वास नगरपालिका ५० प्रतिशतभन्दा बढी तामाङ समुदायको बस्ती भएकाले उनीहरूको पुर्ख्यौली धर्म, संस्कृति, सस्कार र परम्पराबारे अन्य समुदायलाई पनि जानकारी दिन लोपोन्मुख हुँदै गएको माने नाच, बोम्बो नाच को जागेर्ना गर्न नयाँ पुस्ताका बौद्ध धर्म अनुयायी तामाङ्ग युवा हरु अग्रसर भएका छन्। बुद्धिस्ट समाजले आधुनिकीकरणको नाममा आफ्नो परम्परागत रीतिरिवाज, धर्म, संस्कृतिप्रति सचेत रहन नसक्नु सिङ्गो बौद्ध धर्मावलम्बीहरूका लागि गम्भीर संकट निम्त्याउने भएकाले पुराना पुस्ताका बूढापाकाबाट युवाले आफ्नो संस्कृतिलाई जगेर्ना गर्न जात्राको आयोजना गरी पराम्परागत सस्कृतिक नाचहरु सिक्नु पर्ने बोम्बो नाचका संयोजक लाल मन तामाङले बताए।
तामाङ समुदायको परम्परा, संस्कृति र सस्कारको संरक्षण र संवद्र्धन का लागि तिहारपछी आउने ठुली चाड हरिबोधिनी एकादशी को पावन अबसरमा बस्तुभाउ खेतीपाती सपृयोस र पारीवारीक सुख शान्ती मिलोस भन्दै कुङ्कर अर्थात् देउराली निर्माण गरी बोम्बो नाच को आयोजना गरिएको स्थानिय तामाङले बताए। यसैगरी पुनर्वास नगरपालिका वडा नं ३ रामबस्तीका थोन्चे तामाङ लामाले हरिबोधिनी एकादशी का दिन बोम्बो नाच र माने नाच नाचेर आफ्नो समुदायमा पर्व मनाइएको जानकारी दिए।उनले धार्मिक तथा सामाजिक मान्यताअनुसार भूतप्रेत आउने र त्यसलाई बोम्बो आर्थात झाक्री नाच नाचेपछि हटाउन सहयोग पुग्ने रहेका कारण यो नाच सम्पुर्ण बौद्ध धर्म अनुयायी हरूले नाच्नै पर्ने बताए।
जिर्ण अवस्थामा रहेको कुङ्कर अर्थात् देउराली पुनः निर्माण गरेपछि स्थानिय बोम्बो आर्थात झाक्री यसपालि बोम्बो नाच नाच्न पाउने भए भनेर निकै खुशी ब्यक्त गरेका थिए। प्रमुख अतिथि को आसनबाट बोल्दै नगर प्रमुख तोय प्रसाद शर्माले बुद्धका सन्देशले विश्वव्यापी शान्तिको सन्देश प्रभाव गरेको छ । त्यसलाई अझै गहिरो तरिकाले कार्यान्वयन गर्न सम्पुर्ण बौद्ध धर्म अनुयायी हरू लाग्नु पर्ने बताए। उनले बौद्ध कला र संस्कृति विशेषगरी शहर क्षेत्रहरूमा मात्रै सीमित रहेको भन्दै यसको ग्रामीण क्षेत्रमा पनि कला र संस्कृतिको प्रचार प्रसार गरि प्रभाव पार्न सके बौद्ध धर्म र दर्शनको महत्त्व झन बढ्दै जाने बताए ।
आजभोलि हाम्रो समाजले आधुनिकीकरणको नाममा आफ्नो परम्परागत रीतिरिवाज, धर्म, संस्कृतिप्रति सचेत रहन नसक्देदा पुर्खौली तामाङ समुदायको परम्परा, संस्कृति र सस्कारबारे युवा पुस्ता अनविज्ञ बनेका छन । तसर्थ जातीय पहिचान, पराम्परागत सस्कृति लाई आम समुदायबीच पुराउनुपर्नेमा सबैको जोड थियो।