
पुनर्वासको एसपीएलमा विज्ञान संकायसँगै यस वर्षबाट होटल म्यानेजमेन्ट पढाइ हुने
पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका-३ मा अवस्थित एसपीएल एकेडेमीले यस वर्षबाट होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स विषय पनि अध्यापन सुरु गरेको छ ।
वर्तमान अवस्थामा विद्यार्थीहरूमा बढ्दै गइरहेको टेक्निकल शिक्षाको लहरलाई मध्यनजर गर्दै एसपीएल एकेडेमीले पनि कञ्चनपुरको दक्षिणी क्षेत्रका विद्यार्थीहरूको सहजताका लागि विज्ञान, कम्प्युटर साइन्स र म्यानेजमेन्ट संकायसँगै होटल म्यानेजमेन्ट अध्यापन पनि सुरु गरेको हो।
विगत लामो समयदेखि सो क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस एकेडेमीले कम खर्चमै विद्यार्थीहरूलाई विज्ञान र होटल म्यानेजमेन्ट शिक्षा अध्ययन गर्ने सु-अवसर ल्याएको हो ।
घरपरिवारको निगरानीमा नहुँदा विद्यार्थीहरूमा देखिएको बढ्दो लागू औषध दुर्व्यसनीलाई रोक्न र आर्थिक अवस्था कमजोरका कारण काठमाडौँ लगायत विभिन्न सहरमा पढ्नबाट वञ्चित भएका विद्यार्थीहरूलाई मध्यनजर गरी विज्ञान र होटल म्यानेजमेन्ट विषयलाई सुरुवात गरेको विद्यालयका संस्थापक धनराज भट्टले जानकारी दिनुभयो।
“होटल म्यानेजमेन्ट अध्ययनपछि देश तथा विदेशमा सरल तरिकाले रोजगारी सिर्जना हुने भएकाले हामीले पनि यस विषयलाई यस वर्षदेखि सुरुवात गरेका हौं।” विद्यालयका संस्थापक भट्टले भन्नुभयो,”हामीले जेहेनदार विद्यार्थीहरू र आयस्रोत कमजोर भएका विद्यार्थीहरूका लागि छुट सुविधा पनि ल्याएका छौं ।”
विद्यालयले पहिलो इन्ट्रान्स परीक्षामा सहभागी हुने विद्यार्थीहरूका लागि ५०% देखि सय प्रतिशत सम्म छुट दिने व्यवस्था समेत गरेको विद्यालयका प्रिन्सिपल खगेन्द्र जोशीले बताउनुभयो ।
आफ्नै भूकम्प प्रतिरोधी भवन र पर्याप्त खेलमैदान भएको यस विद्यालयले विगतका वर्षहरूमा एसईइ र प्लस टु मा राम्रो नतिजा ल्याउँदै आएको छ।















