Above Article Ad
  • पुनर्वास नगरपालिकाको बाह्रौं हिउँदे नगर सभा सम्पन्न

    Above Article Content Ad
  • कंचनपुर,३० पुष । कञ्चनपुरको पुनर्वास नगरपालिकाको १२ औँ नगर सभा सम्पन्न भएको छ । शनिवार सात वटा प्रस्तावहरू पारित गर्दै १२ औँ नगर सभा सम्पन्न भएको हो । १२ औँ नगर सभामार्फत  नगरप्रमुख तोयप्रसाद शर्माले चालु आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्मको  चालु खर्च ३२.७० प्रतिशत र पुँजीगत खर्च १४.१० प्रतिशत खर्च गरेको बताए । स्थानीय तह संस्थागत सो मूल्याङ्कनको आर्थिक वर्ष २०७८/७९ को मूल्याङ्कनको प्रारम्भिक नतिजा प्राप्ताङ्क ७२ अङ्क,वित्तीय मूल्याङ्कनको आर्थिक वर्ष २०७८/७९ को मूल्याङ्कनका ७६ अङ्क दाबी गरिएको छ ।  यस्तै नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को अनुमानित आय व्यय ८४ करोड ४० लाख पु¥याउने लक्ष्य लिएको छ । १२ औँ नगर सभाले नगरपालिकाको आर्थिक,सामाजिक,सांस्कृतिक तथा पर्यटन विकासमा टेवा पु¥याएको भन्दै ६ जना पत्रकारलाई सम्मान गरेको छ । चालु आर्थिक वर्षको रकम संशोधन गर्ने र आर्थिक वर्ष २०७९/८० मा निमार्ण भएका कार्यविधि निर्देशिका अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button