Above Article Ad
  • गण्डकी सामुदायिक सेवा समाज नेपालको प्रथम साधारण सभा सप्पन्न

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वासमा गण्डकी सामुदायिक सेवा समाज नेपालको प्रथम साधारण सभा सप्पन्न भएको छ । पहिलो साधारण सभा बाट केशब प्रसाद तिमिल्सिनाको नेतृत्वमा पुरानै समितीलाई बैधानिक गरिएको छ ।

    साधारण सभामा आर्थिक बर्ष २०७९/८० को बार्षिक  प्रतिबेदन प्रस्तुत गर्नुका साथै नयाँ आर्थिक बर्षको योजना निर्माण र समाजले गर्ने कार्यहरु विवरण प्रस्तुत गरिएको थियो । कार्यक्रममा आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै समाजको कोषाध्यक्ष सत्यादेबी चापागाईंले आर्थिक बर्ष २०७९/८० को आयब्याय प्रस्तुत गर्नु भएको थियो ।

    Article inline ad #1
  • आर्थिक बर्ष २०७९/८० मा ८६ हजार ५ सयको आयब्याय प्रस्तुत गरिएको उहाँले जानकारी दिनुभयो । यसमध्ये बाट ३१ हजार २ सय ५० नगद जम्मा रहेको पनि उहाँले बताउनुभयो । यस्तै साधारण सभा कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य दिवान सिह बिष्टले  गण्डकी समाजले पुनर्वास बेलौरी र बेलडाडी लाई जोडेर सस्था दर्ता गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । यो सस्था सबैको साझा सस्था भएकाले सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सबैको पहलबाट अब सस्थाले सहयोगी भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    Article inline ad #2

    समाजले गर्ने सबै काममा आफ्नो पुर्ण सहयोग रहने उहाँले बताउनुभयो । सामाजिक कार्यमा काम गर्दै जानेहरुले कसैले पनि त्यो समाजको कार्यलाई पार्टीगत रुपमा हेर्न नहुने उहाँले बताउनुभयो । आफ्नो पालामा आफुले गरेका कामहरुको चर्चा गर्दै अबको योजना सम्पन्न गर्न सबैको साथ आवश्यक रहेको बताउनुभयो । यस्तै साधारणसभामा बोल्दै गण्डकी सामुदायिक सेवा समाज नेपालका अध्यक्ष केशब प्रसाद तिमिल्सिनाले प्रथम साधारण सभा भएकाले सबैको सहयोग प्रती धन्यवाद व्यक्त गर्नुभयो ।

    उहाले समाजले सवैको पहलबाट पहिलो क्यालेन्डर निकाल्न सफल भएको बताउनुभयो । उहाँले समाजको बिदान अनुसार अबको आर्थिक बर्षहरुमा काम गर्दै अघि बढ्ने बताउनुभयो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button