Above Article Ad
  • पुनर्वासमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको छ ।

    बिहिबार पुनर्वास-५ स्थित त्रिभुवनबस्ती स्वास्थ्य चौकीको पुरानो भवनमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उद्घाटन गरिएको हो ।

    Article inline ad #1
  • महाकाली आयुर्वेदिक औषधालयका प्रमुख डा.ओमप्रकाश कलौनीको अध्यक्षता तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्य रहेको थियो । त्यसैगरी बिशिष्ट अतिथिमा नगर उपप्रमुख भुलिया राना र अतिथीमा पुनर्वास-५ का वडाध्यक्ष पदम रोकाया, प्रशासन अधिकृत धौलराम सार्की लगायतका व्यक्तिहरुको आतिथ्यता रहेको थियोे ।

    Article inline ad #2

    कार्यक्रममा प्रमुख अतिथी शर्माले स्वास्थ्य सुरक्षालाई थप प्रभावकारी बनाउन आयुर्वेद आरोग्य केन्द्र स्थापना गर्न सफल भएको बताए । “अङ्ग्रेजी औषधिले उपचार सम्भव नभएर आयुर्वेदिक औषधीबाट स्वास्थ्य उपचारबाट निकै सुधार भएको सुनिन्छ ।” उनले भने , “यसले स्वास्थ्यमा पनि असर गर्दैन र नि: शुल्क उपचार र औषधी उपलब्ध गराएका छौ ।”

    त्यस्तै पुनर्वास-५ का वडाध्यक्ष पदम रोकायाले अङ्ग्रेजी औषधिको असरका कारण सबै आयुर्वेदिक पद्धति तर्फ आकर्षण बढ्दो रहेको बताए । आगामी दिनमा नगरपालिकाले मात्रै हैन आयुर्वेदिक सेवालाई सबैले थप प्रभावकारी ढंगबाट अगाडि बढाउदै लैजानुपर्ने उनको भनाई छ ।

    प्रशासन अधिकृत धौलराम सार्कीले अङ्ग्रेजी औषधीको तुलनामा प्राकृतिक जडिबुटीबाट उपचार हुने आयुर्वेद उपचार तर्फ नगरपालिका लागिरहेको बताए ।

    कार्यक्रममा सभापति डा.कलौनीले आयुर्वेद हाम्रो आफ्नै उपचार पद्धति भएको बताए। उनले परापुर्वकाल देखि नै आयुर्वेदिक औषधि उपचार हुने गरेको तर्क दिए । सरकारले अहिले मेडिसिनमा आत्मनिर्भर बनाउनका लागि आयुर्वेद औषधालय सबै पालिकामा विस्तार गरिरहेको उनको भनाई छ ।

    पुनर्वास नगरपालिकाद्वारा सञ्चालित तथा सामाजिक विकास मन्त्रालय अन्तर्गत आयुर्वेद औषधालयले कर्मचारी व्यवस्थापन गरेको कार्यक्रममा त्रिभुवनबस्ती स्वास्थ्य चौकी प्रमुखको स्वागत मन्तव्य प्रस्तुत गरेका थिए। भने कार्यक्रमलाई सञ्चालन पुनर्वासका स्वास्थ्य शाखा प्रमुख रामबहादुर धामीले गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button