Above Article Ad
  • नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघद्वारा बडा भोज तथा पारिवारिक भेटघाट सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वासमा रहेको नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ क्षेत्रीय शाखा कार्यालयले बडा भोज तथा पारिवारिक भेटघाट सम्पन्न गरिएको छ ।
    आईतबार पुनर्वास नगरपालिका–४ स्थित विराज कटेज एण्ड रेष्टुरेण्टमा एक भव्य समारोहको आयोजना गर्दै नेपाल राष्ट्रिय भूतपूर्व सैनिकहरुको पारिवारिक भेटघाटसँगै बडा भोज गरिएको होे ।

    संघका अध्यक्ष जितबहादुर तामाङको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाकी नगर उपप्रमुख भुलिया कुुमारी रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भारतीय भूतपूर्व सैनिकका कञ्चनपुर निर्वाचन क्षेत्र १ का अध्यक्ष मानबहादुर तामाङ बिशिष्ट अतिथीमा हुनुहुन्थ्यो । त्यस्तै, विभिन्न व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

    Article inline ad #1
  • भूतपूर्व सैनिकहरुको हकहित र आईपर्ने विभिन्न समस्या समाधानका लागि संगठन विस्तार गरिएको संघका अध्यक्ष जितबहादुर तामाङले बताउनुुभयो ।
    २०७५ साल मंसिर १५ गते २० जना भूतपूर्व सैनिकहरुबाट स्थापना गरिएको यस संघमा हाल १ सय ५० जना सदस्य र साँढे १६ लाख बढि रकम बचत भएको उहाँले जानकारी दिनुभयो । सो संघमा कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ का नेपाली भूतपूर्व सैनिकहरु आबद्ध छन् ।

    Article inline ad #2

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by