दुधको वृद्धि मूल्य किसानमुखी नभएको भन्दै कंचनपुरका सहकारीहरुको आपत्ती
पुनर्वास– केहि सीमित दुग्ध डेरी ब्यवसायीहरुले एकपक्षिय ढंगले दुधको मुल्य अकस्मात बृद्धि गरेको छ ।
२०७९ पौष ३ गते सम्पन्न केन्द्रिय दुग्ध सहकारी संघको २८ औं साधारण सभाबाट देशभरका सहकारीका प्रतिनिधिहरुबाट दुधको मूल्य अविलम्ब वृद्धि गर्ने निर्णय भएको अवस्थामा केहि उद्योगीहरुले एकलौटी ढंगले उद्योग निहित हितलाई शिरोपर गर्दै मूल्य वृद्धि आफ्नै मनोमानी ढंगबाट किसानको लागत मूल्यको सम्बोधन नगरेको प्रति संघले आपत्ती जनाएको हो ।
उक्त कार्यबाट ध्यानाकर्षण भई सो को विरोध स्वरुपमा पौष १६ गते केन्द्रिय दुग्ध सहकारी संघ लि., नेपाल डेरी एशोसियसन र दुग्ध विकास संस्थान संबद्ध निकायका पदाधिकारीहरुको आकस्मिक बैठक बसी दुधको वृद्धि भएको मूल्य घटाउन आह्वान गर्दै बिज्ञप्ति जारी गरेको छ ।
हाल ब्यवसायीले एकपक्षिय रुपमा प्रतिलिटर १४ रुपैयाँ मूल्य बृद्धि गरिएको मूल्य स्थगन गरी दुधको उत्पादन लागत मूल्य, बजारको अवस्था तथा उपभोक्ताको क्रयशक्ति समेतको वैज्ञानिक विश्लेषण गरी दुध उत्पादक किसानमुखी हुने तवरले मुल्य वृद्धि गर्ने संघको सभाबाट निर्णय भएकोमा केहि डेरी उद्योगीहरुको एकपक्षीय मुल्य वृद्धिमा विरोध जनाउदै कञ्चनपुरको पुनर्वास नगरपालिका–६ स्थित सुदुरपश्चिमकै पुरानो सहकारी पुनर्वास सहकारी संस्था लि., पुनर्वास-८ स्थित शिवशक्ति दुग्ध सहकारी संस्था लि. र पृथ्वीबस्ती दुग्ध उत्पादन सहकारी संस्था लि.ले पनि ऐक्यबद्धता जनाएको छ ।
सहकारीहरुले सोमबार संघले जारी गरेको बिज्ञप्तिमा पुर्ण समर्थन गर्दै यथाशिघ्र समय सापेक्ष दुध उत्पादक किसानमुखी मूल्य वृद्धि गर्न–गराउन सरोकारवाला निकायहरु समक्ष अनुरोध समेत गरेको छ ।