Above Article Ad
  • दोदा नदीले जग्गा कटानी गर्दा बस्ती जोखिममा

    Above Article Content Ad
  • कञ्चनपुर: लालझाडी गाउँपालिका–३ मा दोदा नदीले धार परिवर्तन गरी जग्गा कटान तीव्र बनाएको छ । नदी बस्तीतर्फ सोझिन थालेपछि स्थानीय बासिन्दा निकै चिन्तित भएका छन् ।

    दैनिक नदीको पानीले तीन बिघाभन्दा बढी जग्गा कटान गरी बगरमा परिणत गरिरहेको त्यहाँका वडाध्यक्ष टीकाराम चौधरीले बताए । “विसं २०६५ अघि बग्दै आएको ठाउँमा नदी बग्न थालेको छ”, उनले भने, “नदीमा पानीको बहाव उच्च हुँदा जग्गा कटान तीव्र बनाएको छ ।” उनका अनुसार हालसम्म सार्वजनिक र निजी गरी ३० बिघा जग्गा नदीले कटान गरेर बगाएको छ ।

    Article inline ad #1
  • नदी रोकथामका लागि स्थानीय बासिन्दाले विगतमा दातृ निकायको सहकार्यमा जैविक तटबन्ध निर्माण गरी घाँस रोपेका थिए । घाँस रोपेपछि नदीको कटान रोकिँदै आएको थियो । हाल नदीले घाँस रोपेको क्षेत्रमा पनि कटान गरी क्षति पुर्याएको वडाध्यक्ष चौधरीले बताए ।

    Article inline ad #2

    विसं २०७१ मा बनाइएको तटबन्ध नजिकै नदीले जग्गा कटानी गरिरहेको छ । तत्काल रोकथामको प्रयास नगरिए तटबन्ध भत्किने खतरा रहेको स्थानीयवासी तारा केसीले बताए । रोकथामको प्रयास नगरिए नदी तटीय क्षेत्रमा बसोबास गर्ने २५ परिवार विस्थापन हुने सम्भावना बढेर गएको उनले उल्लेख गरे । चुरे क्षेत्रमा वर्षा हुँदा नदी तटीय क्षेत्रका बासिन्दाले अनिदोमै रात काट्ने गरेको स्थानीयवासी टीकादत्त पन्तले बताए ।

    भरपर्दो तटबन्धको माग गर्दै आए पनि कुनै निकायबाट हालसम्म सुनवाइ हुन नसकेको उनको भनाइ थियो । विसं २०६५ मा जग्गा कटान भइरहेको क्षेत्रबाटै नदी बस्तीमा पस्दा दर्जनौँ परिवार विस्थापन भएका थिए । बाढीबाट जग्गा कटान भई बेघर भएका व्यक्तिहरु अझै पनि नजिकैका सामुदायिक वन छेउ झोपडी बनाएर बस्दै आएका छन् । रासस

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by