Above Article Ad
  • पुनर्वासको अमरबस्तीमा स्वास्थ्य शिविर सम्पन्न, ७ सय बढिले लिए लाभ

    Above Article Content Ad
  • पुनर्वास – कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नंम्बर ११ अमरवस्तीमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

    लायन्स क्लब अफ धनगढी सिटी, लायन्स क्लब अफ धनगढी एभरेष्ट र लायन्स क्लब अफ धनगढी भिजनको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर भएको हो ।

    Article inline ad #1
  • यस्तै स्वास्थ्य शिविरमा कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नंम्बर ११ को आयोजनमा बृहत आँखा चेकजाँच शिविर समेत भएको थियो । शिविरमा स्वास्थ्य परिक्षणका लागी नवजिबन अस्पताल र गेटा आँखा अस्पतालले समन्वय गरेको थियो । स्वास्थ्य शिविरमा स्त्रि तथा प्रशुती रोग बिशषज्ञ सेवा, हाडजोर्नी बिशषज्ञ, बालरोग बिशषज्ञ, जनरल फिजीसियन सेवा लगायत आँखा चेकजाँच समेत भएको पुनर्वास नगरपालिका वडा नंम्बर ११ का अध्यक्ष तुलसी अर्यालले बताउनुभयो । उहाँले शिविर बाट ७ सय ३ जनाले स्वास्थ्यलाभ लिएको जानकारी दिनुभयो ।

    Article inline ad #2

    लायन्स क्लब अफ धनगढी सिटीका अध्यक्ष टि.एन.ढकालले लायन्स क्लबको बार्षिक कार्ययोजना अनुरुप पुनर्वास ११ मा स्वास्थ्य शिविर गरीएको बताउनुभयो । स्वास्थ्य शिविरले स्थानीय गरीव समुदायका ब्यक्तिहरुमा उपचारको ब्यवस्था गरेको बताउनुभयो । जटिल किसीमको विमार पहिचान गरी धेरै मात्रामा हुनसक्ने नोक्सानी बाट बचाउन स्वास्थ्य शिविरले महत्वपुर्ण भुमीका खेल्ने उहाँले बताउनुभयो ।

    स्वास्थ्य शिबिरमा सबैभन्दा धेरै ३ सय ४३ जनाले आँखा चेकजाँच गरेका छन् । यस्तै ३ सय जनाले हाडजोर्नीको समस्या, ३६ जनाले बालबालीकाको समस्या र बाँकीले स्त्रि तथा प्रशुती र सामान्य चेकजाँच सेबा लिएको आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by