Above Article Ad
  • कञ्चनपुरमा माओवादी र समाजवादीको गठबन्धन, काँग्रेस एक्लै चुनाव लड्ने

    Above Article Content Ad
  • हरिलाल जोशी
    पुनर्वास– कञ्चनपुरमा केन्द्रले जारी गरेको तिन दलिय गठबन्धनमा सहमती नभएपछि नेपाली काँग्रेस अलग्गिएको छ ।

    आईतबार अबेर राती सम्म बसेको तिनदलका शिर्ष नेताहरुको बैठकले पालिका विभाजनमा सहमती गर्न नसक्दा अन्तमा दुई दलिय गठबन्धन गर्ने निर्णय हुन पुगेको समाजवादी कञ्चनपुरका अध्यक्ष जिवनराज थापाले जानकारी दिए ।

    Article inline ad #1
  • दुई दलिय गठबन्धनमा ५ पालिकामा माओवादीलाई र ४ पालिकामा समाजवादीलाई प्रमुखको जिम्मेवारी तोकेको उनले बताए ।

    Article inline ad #2

    त्यस्तै पुनर्वास नगरपालिकाका हकमा प्रमुखको जिम्मेवारी एकिकृत समाजवादी र उपप्रमुखको जिम्मेवारी माओवादीलाई दिइएको छ ।

    त्यसैगरी पुनर्वासमा समाजवादीले १, ३, ६, ७ र ८ नम्बर वडामा उम्मेदवार पाउने र माओवादीले २, ४,५, ९, १०, ११ नम्बर वडामा उम्मेदवार पाउने दुई दलिय गठबन्धनका कञ्चनपुर जिल्ला ईन्चार्ज र अध्यक्षले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

    गठबन्धन टुङ्गिएपनि उम्मेदवार कुन पार्टीको को बन्छ भन्ने विषय अहिले खुलेको छैन् । उम्मेदवार मनोनयन दर्ता आज ५ बजेसम्म राखिएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by