Above Article Ad
  • पुर्व मन्त्री तारा लामा तामाङ कार्वाहीमा

    Above Article Content Ad
  • धनगढी / नेकपा (एकीकृत समाजवादी ) ले सो पार्टीका प्रदेश कमिटीका उपसचिव तारा लामा तामाङलाई पदबाट हटाएको छ ।

    प्रदेश अध्यक्ष हर्कबहादुर सिंहद्धारा जारी विज्ञप्ती अनुसार तामाङले पार्टी हीत विपरित गतिविधि गरेको प्रदेश सभा बैठकमा एमालेमै रहेको बताएकोले उपसचिवबाट हटाएको उल्लेख छ ।

    Article inline ad #1
  • विज्ञप्तीमा केन्द्रीय सदस्यबाट हटाउनका लागि केन्द्रमा र प्रदेश सभाबाट हटाउन प्रदेश सभा संसदीय दलमा सिफारिस गर्ने उल्लेख छ ।

    Article inline ad #2

    तामाङले सोमबारको प्रदेश सभा बैठकमा विशेष समय लिएर जुन पार्टीको जुन चिन्हबाट निर्वाचित हुँ त्यही छु भन्दै एमालेमै रहेको संकेत गरेका थिए ।

    उनी एमाले हुँदा कञ्चनपुर जिल्ला अध्यक्ष, प्रदेश सभाको प्रमुख सचेतक, नेकपाको पनि प्रदेश सभाको प्रमुख सचेतक र एमाले विभाजन भएपछि छ महिना आर्थिक मामिला तथा योजनामन्त्री भएका थिए ।

    उनी बुधबार महेन्द्रनगरमा हुने सभामा केपी ओलीसंग टीका लगाएर एमाले प्रवेश गर्ने कार्यक्रम रहेको बताइएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    1
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by