Above Article Ad
  • बैतडीमा घर नजिकै युवक मृत अवस्थामा फेला

    Above Article Content Ad
  • धनगढी-बैतडीमा घर नजिकै युवक मृत अवस्थामा फेला परेका छन्।

    सिगास गाउँपालिका–१ दुदीलाखानका अन्दाजी ३६ वर्षीय खडक बिष्ट घर नजिकै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    Article inline ad #1
  • प्रहरीका अनुसार बिष्ट आइतबार बिहान घरबाट हिँडेका थिए। तर आज बिहान स्थानीयले घर नजिकैको बाटोमा घोप्टो परेको अवस्थामा उनलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए।

    Article inline ad #2

    जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक सुरज सिंहले बाटोमुनी बिष्ट मृत अवस्थामा फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो। घटनास्थलमा इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको छ।

    स्थानीयवासीका अनुसार बिष्टको शरीरमा नीलडाम देखिएकाले घटनाको निस्पक्ष छानबिन हुनुपर्ने माग गरिएको छ। आफन्तले कुटपिट गरी हत्या गरिएको आशंका व्यक्त गर्दै सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन्।

    आफन्त लोकेन्द्र भण्डारीले भने, “शरीरभरि नीलडाम देखिएका छन्। हिजो नजिकैको बजारमा सामान्य विवाद भएको जानकारी आएको छ। त्यसैले निष्पक्ष अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउनुपर्छ।”

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6