Above Article Ad
  • कञ्चनपुरमा एक महिलाको शव फेला

    Above Article Content Ad
  • धनगढी – कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ।

    बिहिवार बिहान बेलौरी नगरपालिका– ७ र ८ को सीमानमा पने खप्टीनाला नजिक महिला मृत भेटिएकी हुन।

    Article inline ad #1
  • मृत भेटिएकी महिला बेलौरी नगरपालिका–८ की ४२ वर्षिया बिन्दु चौधरी रहेकी प्रहरीले बताएको छ। उनी केही समयदेखि अस्वस्थ रहेकी प्रहरीले बताएको छ। उनी आफै–आफै बोल्ने गर्थिन। यो समस्या देखिएपछि परिवारले उनलाई बेलौरीको बुटाबारीमा फुपुको घरमा झारफुकका लागि एक साता अघि पठाएको थियो।

    Article inline ad #2

    उनी हिजो मात्रै त्यहाँबाट फर्किएकी थिईन। बेलौरीमा ओर्लिएपछि उनी सम्पर्क विहीन भएकी हुन्। त्यसपछि परिवारले आफै सोधीखोजी गर्दा आज बिहान उनलाई मृत फेला पारेको प्रहरीले बताएको छ।

    हाल उनको शव पोस्टमार्टमका लागि श्रीपुर स्वास्थ्य चौकीमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6