Above Article Ad
  • पुनर्वासमा मोटरसाइकल र मिनिट्रक ठोक्कियो

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-५ स्थित हुलाकी सडक खण्डमा मिनिट्रक र मोटरसाइकल ठोक्किएको छ ।

    आईतबार हुलाकी सडक खण्डमा पर्ने पशुपति चोक नजिकै धनगढी तर्फ जादै गरेको मोटरसाईकलसंग विपरीत दिशाबाट आउँदै गरेको मिनिट्रक ठोक्किदा मोटरसाइकल चालक महिला घाईते भएकी हुन्  ।

    Article inline ad #1
  • घाईते हुनेमा बेलौरी नगरपालिका-३ खिरियाकी ३२ वर्षीय गीता रिजाल रहेको अस्थायी ट्राफिक पोष्ट त्रिभुवनबस्तीले जनाएको छ ।

    Article inline ad #2

    ट्राफिक पोष्टका असई रमेश ऎरीका अनुसार ठोक्किएको बा.५ ख. ७७१५ नम्बरको मिनिट्रक र से.४प. ३३५९ नम्बरको मोटरसाईकल,  ट्रक ड्राईभर प्रहरीको नियन्त्रणमा रहेको  र घाईते महिलाको बायाँ खुट्टामा चोट लागेको बताए ।

    उनको अहिले पुनर्वासको आई.बी.आर.डी.स्थित पुनर्वास पोलिक्लिनिक प्रा.लि.मा उपचार भईरहेको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    4
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button