पुनर्वासकी नगर उपप्रमुख रानाद्वारा हाटबजारमा छड्के अनुगमन
पुनर्वास, ७ साउन- शनिबार पुनर्वास नगरपालिका-३,आई.बी.आर.डी. स्थित कालिका हाटबजारमा छड्के अनुगमन गरेको छ ।
पुनर्वास नगरपालिकाकी नगर उपप्रमुख भुलिया रानासंगै गएको सुरक्षाकर्मी सहितको टोलीले हाटबजार भित्र उपभोक्ताको स्वास्थ्यमा असर गर्ने किसिमका बस्तुहरु बिक्री वितरण सम्बन्धमा छड्के अनुगमन गरेको हो ।
हाटबजार भित्र माछामासु, , होटल, तरकारी लगायतका व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई उपभोक्ताको स्वास्थ्यमा खेलबाड हुने र गुणस्तर हिन बस्तुहरु बिक्री नगर्न उपप्रमुख रानाले सचेत गराएकी थिईन । “पहिलो पटकको अनुगमनमा केहि कमजोरी देखिएको छ ।” उनले भनिन् , “आगामी साता देखि यस्ता स्वास्थ्यहिन बस्तुको बिक्री वितरण गरेको पाईएमा प्रचलित कानुन अनुसार कार्वाही गर्छौ ।”
त्यस्तै अनुगमनमा कालिका बजार व्यवस्थापन समिति, प्रहरी र स्थानीय सरोकार व्यक्तिहरु सहभागी थिए । सो हाटबजार प्रत्येक साताको शनिबार मात्रै सञ्चालन हुन्छ । भने किनमेलका लागी पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाका व्यक्तिहरु किनमेलका लागि पुग्ने गर्छन ।