Above Article Ad
  • कक्षा १२ का विद्यार्थीलाई आयो खुशीको खबर, नतिजा प्रकाशन भोली हुने

    Above Article Content Ad
  • काठमाडौं,१४ भदौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।बोर्डका अध्यक्ष महाश्रम शर्माले नतिजा सार्वजनिकको तयारी भइरहेको तर कहिले गर्ने भन्ने विषयमा निर्णय भइनसकेको जानकारी दिए ।

    ‘भोलिसम्म गर्ने तयारी हो । केही कुरा क्लियर भइसकेको भए आजै हुन्थ्यो तर अहिलेसम्म सबै क्लियर भइसकेको छैन ।’गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको १२ कक्षाका परीक्षामा ४ लाख बढी परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ ।

    Article inline ad #1
  • तीनथरि नतिजा

    Article inline ad #2

    राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यलयले यो पटक तीनथरि नतिजा सार्वजनिक हुने जनाएको छ । आंशिक, ग्रेड वृद्धि र नियमित विद्यार्थीहरुको छुट्टाछुट्टै गरी तीनथरि नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

    ग्रेड वृद्धि र आंशिक परीक्षार्थीको नतिजा अक्षराङ्कन पद्धति अनुसार प्रकाशन हुने र नियमित तर्फको परीक्षार्थीको लेटर ग्रेडिङ हुने उनले बताए ।

    लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङ्क ल्याउनुपर्नेछ । तोकिएको अङ्क भन्दा कम ल्याएमा एनजी (नन ग्रेडेड) लेखिनेछ । एनजी लेखिएका प्रमाणपत्रले माथिल्लो कक्षा पढ्न नपाउने व्यवस्था गरिएको छ ।

    अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ अनुसार भने सैद्धान्तिकतर्फको अंकमा प्रयोगात्मक अंक जोडेर मात्र विद्यार्थीको ग्रेडिङ निकालिन्छ ।

    कक्षा १२ को नतिजा ल्याण्डलाइन र मोबाइलबाट १६०१ डायल गरेर, १६०० मा एसएमएस गरेर र एनटीसीको वेबसाइटबाट पनि थाहा पाउन सकिनेछ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button