Above Article Ad
  • “हामीसँग प्रशस्त विद्युत छ, लोडसेडिङको अफवाह मात्रै हो।”- ऊर्जामन्त्री खड्का

    Above Article Content Ad
  • धनगढी –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल नेपालमा लोडसेडिङको अवस्था नरहेको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।

    ‘गर्मीको समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ,’ उनले भने, ‘बर्सातका बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्नेजस्ता समस्या आउँछन् । मर्मत गर्न केही समय लाग्छ । कहिल्यै एक दिन पनि लाग्ने अवस्था देखिन्छ । यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइरहेको अवस्था पनि छ ।’

    Article inline ad #1
  • मन्त्री खड्काले अहिले देशमा लोडसेडिङको अवस्था नरहेको बताए । ‘हामीसंग प्रसस्त विद्युत छ, निर्यात पनि गरिरहेका छौं,’ उनले भने, ‘हिउँदमा नपुगेको विद्युत आयात गरेर उपभोक्तालाई उपलब्ध गराउँछौं । बर्सातमा निर्यात गर्दै आएका र्छाैं ।’

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by