Above Article Ad
  • दलित विद्यार्थीमाथि विभेदको आरोप, कैलालीमा तीन शिक्षक पक्राउ

    Above Article Content Ad
  • दलित विद्यार्थी, अभिभावक तथा विद्यालयसँग सम्बन्धित व्यक्तिहरूमाथि जातीय आधारमा विभेदपूर्ण व्यवहार गरिएको भन्दै परेको उजुरीमाथि अनुसन्धान अघि बढाउँदै प्रहरीले तीन शिक्षकलाई नियन्त्रणमा लिएको हो ।
    पक्राउ पर्नेमा शिक्षिका भगवती बडैला, भगवती रेग्मी र शिक्षक टेकराज उपाध्याय छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरासिंह महराले जानकारी दिए ।

    प्रहरीका अनुसार घटनासम्बन्धी उजुरी परेपछि त्यसको अनुसन्धानका क्रममा तीनै जनालाई पक्राउ गरिएको हो । घटनामा संलग्न भनिएका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षिका, कार्यालय सहयोगी तथा दलित समुदायका विद्यार्थीमाथि जातीय पहिचानका आधारमा विभेद गरिएको आरोप छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर विक, शिक्षिका बिना विक, कार्यालय सहयोगी लक्ष्मीदेवी दमाईसहित दलित विद्यार्थीमाथि विभेदपूर्ण व्यवहार भएको विद्यालय समितिका सदस्य कैलाश आउजीले बताए ।

    Article inline ad #1
  • घटनाको जानकारी बाहिरिएपछि स्थानीयवासी, विद्यार्थीका अभिभावक तथा विभिन्न सरोकारवालाले विद्यालयमा भएको भनिएको जातीय विभेदबारे निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन् । उनीहरूले दोषी देखिए कानुनअनुसार कारबाही र घटनाको तथ्य सार्वजनिक गर्न माग गरेका हुन् ।

    Article inline ad #2

    विद्यालयजस्तो शैक्षिक संस्थामा नै जातीय विभेदको आरोप लागेपछि घटनाले स्थानीयस्तरमा समेत चासो बढाएको छ । प्रहरीले उजुरीका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ भने घटनाको वास्तविकता अनुसन्धानपछि खुल्ने बताइएको छ ।

    नेपालको संविधानले जातीय भेदभाव तथा छुवाछुतलाई निषेध गरेको छ । जातीय विभेद तथा छुवाछुतसम्बन्धी कसुरमा प्रचलित कानुनअनुसार कारबाही हुने व्यवस्था छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6