Above Article Ad
  • पुनर्वासको खप्तड ईङलिस स्कुल ले प्रथम गोल्ड कप पेनाल्टि सुटआउट प्रतियोगिता आयोजना गर्दै

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुर को पुनर्वास नगरपालिका ६ मा रहेको खप्तड ईङ्गलिस बोर्डिङ स्कुलले प्रथम गोल्ड कप पेनाल्टी सुट आउट फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

    बिद्यालय ले यही माघ १६ गते प्रथम गोल्ड कप निजी विद्यालय स्तरीय पेनाल्टी शूट आउट फूटबल गर्ने भएको हो ।
    प्रतियोगिता २०८२ माघ १६ गते विहान ९:३० बजे देखी सञ्चालन हुने बिद्यालय ले जनाएको छ।

    Article inline ad #1
  • बिद्यालय को आफ्नै खेलमैदान मा आयोजना हुन लागेको प्रथम सुटआउट फुटबल प्रतियोगितामाआधारभुत तह कक्षा ८ सम्म का छात्र सहभागी हुन पाउने जनाईएको छ भने प्रथम हुने सहभागी टिमले नगद १५ हजार साथमा ट्रफी , दृतिय हुनेले नगद १० हजार र ट्रफी प्राप्त गर्नेछन । त्यसतै उत्कृष्ट गोल रक्षकलाई नगद १००० तथा सर्वाधिक गोलकर्तालाई १००० नगद सहित मेडल प्रदान गरिने आयोजक बिद्यालय ले जनाएको छ ।

    Article inline ad #2

    समुह चरण लिग को आधारमा र दोस्रो चरण बाट नकाउट को आधारमा खेलाईने उक्त फुटबल प्रतियोगितामा खेलाडी संख्या ६ जना रहनुपर्ने जनाईएको छ भने प्रतियोगिता फिफा ए. एफ.सि. र एन्फा को नियम अनुसार खेलाईने भएको छ ।
    बिद्यालय को बार्षिक कार्यक्रम अनुसार उक्त प्रतियोगिता को आयोजना गर्न लागिएको बिद्यालय का प्रिन्सिपल अमित रोकायाले बताएका छन ।

    शारीरिक विकास ,मानसिक विकास साथै बिध्यार्थि लाई अनुशासित बनाउन टेवा पुग्ने र समग्रमा भन्नुपर्दा, खेल तथा प्रतियोगिताले बालबालिकाको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले उक्त प्रतियोगिता गर्न लागिएको प्रिन्सिपल रोकायाले बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by