Above Article Ad
  • सरस्वती पुजाकै दिन स्वर्गीय बुवाको सम्झनामा एक लाख बढिको अक्षयकोष स्थापना

    Above Article Content Ad
  • पुनर्वास– भनिन्छ धर्म गर्नेहरुका लागि अनेकौं माध्यम हुन्छन् । त्यहि उदाहरण कञ्चनपुरको पुनर्वासमा पनि देखिएको छ ।
    लामो समयदेखि कृषि पेशा र विभिन्न व्यवसायमा आफ्नो भविष्य देखिरहेका पुनर्वास नगरपालिका–९,ख–गाउँका भरत खाती दाजुभाईहरुले विद्याकी देवी माता सरस्वतीकै उत्सवका दिन स्वर्गीय बुवाको सम्झनामा अक्षयकोष स्थापना गरेका छन् ।

    खाती दाजुभाईले आफु अध्ययन गरेको पुनर्वास नगरपालिका–९ कै सामुदायिक बिद्यालय श्री जिवनशक्ति माध्यामिक बिद्यालयमा सोमबार भव्य समारोहको आयोजना गर्दै एक लाख एघार हजार एक सय एघार (११११११)रुपैँयाको अक्षयकोष स्थापना गरेका हुन् ।
    बिद्यालयमा अध्ययनरत गरिब र जेहेन्दार विद्यार्थीहरुको शैक्षिक क्षेत्रमा थप रुची बढाउने उद्धेश्यले अक्षयकोष स्थापना गरेको भरत खातीले जानकारी दिनुभयो ।

    Article inline ad #1
  • त्यस्तै, भरतका दाजु मनीराज खातीले समाज रुपान्तरणको पहिलो आधार नै शैक्षिक क्षेत्र भएकाले विद्यालयमा हाम्रो परिवारबाट अक्षयकोष स्थापना गरेको बताउनुभयो । “बिद्यालयका लागि पहिलो अक्षयकोषदाता हुन पाउँदा हाम्रो परिवार निकै गौरवान्वित भएका छौं ।” उहाँले भन्नुभयो,“आगामी दिनमा पनि बिद्यालयका लागि सक्दो सहयोग गर्न हामी तत्पर रहन्छौ ।”

    Article inline ad #2

    सो विद्यालयमा अक्षयकोष स्थापना गरिदिनु भएकोमा बिद्यालयका प्रधानाध्यापक प्रयागराज उपाध्यायले भरत खाती दाजुभाईलाई धन्यवादसँगै स्वर्गीय बुवा प्रति हार्दिक श्रद्धासुमन गर्नुभएको थियो ।

    कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले सरस्वती माताको उत्सवका दिन गरेको सहयोग निकै पुण्य हुने तर्क दिनुभयो । स्वर्गीय रामबहादुर दाजुप्रति श्रद्धासुमन प्रकट गर्दै छोराहरु दलबहादुर,भरत र पुष्पले शैक्षिक सुधारका लागि गरेको प्रयास अत्यन्तै महत्वपूर्ण भएको भन्दै हृदयदेखि नै धन्यवाद दिनुभएको थियो ।

    त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम परियारले अक्षयकोष स्थापनाले विद्यालयलाई समेत ठुलो टेवा पुगेको बताउनुभयो । विद्यालयको चौतर्फी विकासमा यस्ता सहयोगीदाता र स्थानीय सरकारको सहयोगका कारण हामीलाई पनि शैक्षिक र भौतिक संरचनाको विकासमा सहज भएको उहाँको भनाई थियो । कार्यक्रममा खाती दाजुभाईहरुले एकजना निवृत्त शिक्षकलाई नगद सहित सम्मान गरेको थियो ।

    सरस्वती पुजनसँगै अक्षयकोष स्थापना कार्यक्रममा स्वागत मन्तव्य प्रधानाध्यापक प्रयागराज उपाध्यायले राख्नुभएको थियो । भने कार्यक्रमलाई सहजीकरण शिक्षक मकर एसकेले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by