
टीकापुरमा बोलेरो र ग्यास ट्रक ठोक्किँदा सहचालकको मृत्यु, चालक घाइते
Above Article Content Ad
धनगढी- कैलालीको टीकापुरमा बोलेरो र ग्यास ट्रक ठोक्किँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन्
हुलाकी राजमार्ग अन्तर्गत टीकापुर नगरपालिका–७ झुँगा नजिक नेपालगञ्जतर्फबाट आउँदै गरेको लु.प्र ०२–००१ च ०५४० नम्बरको तरकारी बोकेको बोलेरो गाडी र भे १ क ५०१ नम्बरको भेरी ग्यासका सिलिन्डर बोकेको ट्रक एकापसमा ठोक्किँदा बोलेरोका सहचालकको मृत्यु भएको हो।
Article inline ad #1
दुर्घटनामा बोलेरोका चालक गम्भीर घाइते भएका छन्। उनको उपचार भइरहेको बताइएको छ। दुर्घटनाको कारण, मृतकको परिचय तथा अन्य विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















