
निर्वाचन आयोगका कार्यालयहरूमा जेनजी आन्दोलन तोडफोडबाट ५ करोड ७४ लाख बराबरको क्षति
काठमाडौं – जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा भएको विभिन्न जिल्लाका निर्वाचन कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो । त्यसबाट पाँच करोड ७४ लाख बराबरको क्षति भएको निर्वाचन आयोगले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यलय इलाममा सवारी साधन लगायत कार्यालयका सामानहरुमा क्षति भएको छ । जसबाट ८१ लाख ९३ हजार ८११ रुपैया बराबरको क्षति हुन पुगेको छ ।
कास्की कार्यालयमा चारपाङ्ग्रे सवारीसाधन जलेको छ । मोटरसाइकल तोडफोड भएको र झ्यालको सीसा र कुर्सी तोडफोड भएको छ । यहाँ ७३ लाख ४० हजारको क्षति भएको छ ।तनहुँ कार्यलयमा बोलेरो जीप तोडफोड भएको छ । ३ लाख ५० हजारको क्षति भएको छ ।दाङमा चारपाङ्ग्रे सवारी साधन पूर्ण क्षति भएको छ । कार्यालय सामानमा क्षति भएको छ । ५१ लाख ७१ हजार ४१ रुपैया बराबरको क्षति भएको छ ।
डडेलधुरामा कार्यालय भवन तोडफोड भएको छ । चारपाङ्ग्रे सवारी साधन क्षति भएको छ । २ ओटा मोटरसाइकल जलेको छ । कार्यालय सामानहरु तोडफोट भएको छ । यसबाट १४ लाख ४ हजार बराबरको क्षति भएको छ आयोगको केन्द्रीय कार्यालयमा भने एउटा मोटरसाइकल क्षति भएको छ । तीन लाख बराबरको क्षति भएको छ ।सबैतिर गरेर पाँच करोड ७४ लाख बराबरको क्षति भएको निर्वाचन आयोगले जनाएको छ ।















