
जेन्जी आन्दोलनमा चोरी भएको सरकारी स्कारपियो फेला, एक जना पक्राउ
Above Article Content Ad
कैलाली -कैलाली प्रहरीले जेन्जी आन्दोलनका क्रममा चोरी भएको सरकारी स्कारपियो गाडी बरामद गर्दै घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २०८२ भदौ २५ गते धनगढी उपमहानगरपालिका–५ स्थित सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिनको कार्यालयबाट ४/५ जनाको समूहले जेन्जी आन्दोलनको गलत फाइदा उठाउँदै बा.२ झ २८५९ नम्बरको सरकारी स्कारपियो चोरी गरेका थिए।
चोरी भएको उक्त गाडीको खोजतलासका क्रममा असार ८ गते कैलालीको घोडाघोडी नगरपालिका–२ स्थित अर्जुन कार्कीले सञ्चालन गरेको लिगासैनी सःमिल तथा फर्निचर उद्योगभित्र स्वरूप परिवर्तन गरिएको अवस्थामा प्रहरीले बरामद गरेको हो।
Article inline ad #1
घटनामा संलग्न अर्जुन कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि चोरी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















