Above Article Ad
  • सेती प्रादेशिक अस्पतालका चिकित्सकलाई कार्यालय समयमा निजी क्लिनिक जान रोक

    Above Article Content Ad
  • धनगढी-सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकलाई कार्यालय समयमा निजी क्लिनिक जान रोक लगाइएको छ।

    सेती प्रादेशिक अस्पताल धनगढीले अस्पतालमा कार्यरत चिकित्सकहरूलाई कार्यालय समयभित्र बाहिरका निजी क्लिनिक तथा स्वास्थ्य संस्थामा काम गर्न रोक लगाएको हो।

    Article inline ad #1
  • अस्पताल प्रशासनले मंगलवार एक सूचना जारी गर्दै केही चिकित्सकहरू अस्पतालले तोकेको समयभित्रै बाह्य निजी क्लिनिक तथा अन्य स्वास्थ्य संस्थाको सेवामा संलग्न हुने गरेको भन्ने गुनासो प्राप्त भएकाले उक्त कदम चालिएको जनाएको छ। अस्पतालको नियमित सेवा प्रवाहलाई प्रभावकारी, गुणस्तरीय तथा सेवाग्राहीमैत्री बनाउन सम्पूर्ण चिकित्सकहरूलाई कार्यालय समयभित्र आ–आफ्नो जिम्मेवारीमा उपस्थित भई निर्धारित कार्यसम्पादन गर्न निर्देशनसमेत दिइएको छ।

    Article inline ad #2

    अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेद्वारा जारी उक्त सूचनामा कार्यालय समयभित्र कुनै पनि चिकित्सक यस्ता गैरजिम्मेवार कार्यमा संलग्न भएको पाइएमा प्रचलित कानून वा सेवा–शर्त बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने समेत चेतावनी दिइएको छ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6