Above Article Ad
  • रोमानियामा सञ्चालित  ‘तिमिस कप–२०२६’ को विजेता ८८४८ टिम रेड र उपविजेता साईवा एफसी

    Above Article Content Ad
  • रोमानिया – रोमानियाको तिमिस स्टेटमा रहेका नेपालीहरूबीच आपसी एकता, भाइचारा र खेलकुदको विकास गर्ने उद्देश्यले आयोजित ‘तिमिस कप–२०२६’ सम्पन्न भएको छ।

    काठमाडौं मार्ट रोमानियाले आफ्नो नयाँ शाखा सञ्चालनको अवसर पारेर अगस्ट १ मा ७-ए-साइड फुटसलको मैदानमा प्रतियोगिता आयोजना गरेको हो।

    Article inline ad #1
  • काठमाडौं मार्टका सञ्चालक कमल गुरुङका अनुसार विदेशमा रहेका नेपालीहरूलाई खेलकुदमार्फत एकताबद्ध गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए।

    Article inline ad #2

    प्रतियोगितामा अराद, ओराडिया, ब्रासोभ, देभा, लुगोज लगायत विभिन्न सहरबाट आएका २४ टोलीको सहभागिता रहेको थियो।

    खेल सञ्चालन तथा व्यवस्थापनमा सुमन शेर्पाको संयोजनमा प्रविन गुरुङ, प्रकाश लिम्बू, बिमल लिम्बू, प्रविन मुरारी र योगेश कुँवर लगायतको टोलीले सहजीकरण गरेको थियो।

    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ८८४८ टिम रेड प्रथम बन्न सफल भयो। विजेता टोलीले ५ हजार रोमानियन लेउ नगद, ट्रफी र मेडल प्राप्त गर्यो। त्यस्तै ईन्टरनेश्नल वोर्क फाइन्डरको साइवा एफसी दोस्रो हुँदै २ हजार ५ सय रोमानियन लेउसहित ट्रफी र मेडल हात पार्न सफल भयो।

    प्रतियोगिताभर खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरेपछि दर्शकहरू पनि उत्साहपूर्वक खेलको आनन्द लिएका थिए। विजेता तथा उपविजेता टोलीलाई नेपाली तिमिस समाजका अध्यक्ष राज पुन र उपाध्यक्ष नारायण मरासिनीले पुरस्कार वितरण गरेका थिए।

    कार्यक्रमको समापनमा काठमाडौं मार्टका सञ्चालक गुरुङले आगामी दिनमा पनि यस्ता खेलकुद तथा सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै रोमानियामा रहेका नेपालीहरूबीच एकता, सद्भाव र आपसी सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6