Above Article Ad
  • चौथो भानु कप : आयोजक भानु विजेता, त्रिभुवनलाई उपविजेताको उपाधी

    Above Article Content Ad
  • पुनर्वास – कञ्चनपुरको दक्षिणी भेग पुनर्वासमा सम्पन्न चौथो भानु कप ‘वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता २०८०“ को उपाधि आयोजक न्यू भानु युवा क्लबले सुरक्षित गरेको छ ।

    बुधबार सम्पन्न प्रतियोगिताको फाईनल खेलमा आयोजक न्यू भानु युवा क्लबले त्रिभुवन युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि सुरक्षित गरेको हो ।

    Article inline ad #1
  • अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक रुपमा सम्पन्न भएको फाईनल खेलमा त्रिभुवनका डिफेन्डर बिवेक सुनारले डिफेन्स लिने क्रममा सुसाइड गोल हुन पुग्दा भानु युवा क्लबले १ गोल सहितको खाता खोलेको थियो । लगत्तै भानु युवा क्लबका खेलाडी धिरेन्द्र शाहले दोस्रो गोल गर्दै भानु युवा क्लबलाई २ गोलको अग्रता दिलाएका थिए ।

    Article inline ad #2

    मध्यान्तरपछि त्रिभुवन युवा क्लबले एक गोल फर्काए पश्चात खेल निकै नै रोमान्चक बनेको थियो । तर न्यू भानु युवा क्लब का खेलाडी धिरेन्द्र शाहले मध्यान्तर अघि प्रहार गरेको दोस्रो गोल नै आयोजक क्लबका लागि विजेताको निर्णायक बन्न पुगेको थियो । उनको जवाफी गोल फर्काउन नसक्दा त्रिभुवन युवा क्लब २–१ गोल अन्तरले उपविजेतामै सीमित हुनुप¥यो । विजेताले उपाधिसँगै नगद १ लाख ५०;हजार रुपैंया, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता त्रिभुवन युवा क्लबलाई नगद ७७ हजार ७ सय ७७ रूपैयाँ मेडल, कप र प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिका सचिव जय सिँह ठकुरीले जानकारी दिए ।

    त्यसैगरी प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि त्रिभुवन युवा क्लबका खेलाडी सुदिप घर्ती घोषित भए भने उत्कृष्ट मिड फिल्डरको उपाधि न्यू पृथ्वी युवा क्लबका खेलाडी देवेन्द्र थापा, उदयमान खेलाडीको रूपमा न्यू भानु युवा क्लबका खेलाडी वसन्त बिक,उत्कृष्ट डिफेन्डर आयोजक टिमका अमृत भण्डारी, सर्वोत्कृष्ट गोलकर्ताको उपाधि नवसुर्योदय युवा क्लबका खेलाडी उमेश लामाले पाए । त्यसैगरी फाईनल खेलको म्यान अफ द म्याच र उत्कृष्ट गोलरक्षक आयोजक क्लबका आकाश बुढा घोषित भएका थिए । विधागत उपाधि पाउने सबै खेलाडीलाई नगद पुरस्कार सहित प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।

    न्यू भानु युवा क्लबको आयोजनामा स्व प्रकाश दाहाल स्मृती प्रतिष्ठानको प्रथम पुरस्कार सौजन्य र स्वर्गिय विरेन्द्र जेठाराको सम्झनामा द्धितिय पुरस्कार सौजन्य रहेको उक्त प्रतियोगिताको बुधबार आयोजित समापन समारोहमा सुदूरपश्चिम प्रदेश सभाका सभामुख भिम बहादुर भण्डारीको प्रमुख आतिथ्यता तथा पुनर्वासका नगर प्रमुख तोय प्रसाद शर्मा र निर्वतमान नगर प्रमुख जिवनराज थापा बिशिष्ट अतिथीमा आसिन थिए । प्रमुख अतिथिको आसनबाट बोल्दै सुदूरपश्चिम प्रदेश सभाका सभामुख माननीय भण्डारीले बिजेता र उपबिजेता टिमका खेलाडीहरूलाई बधाई दिदै, पुनर्वास नगरपालिका भित्र फुटबल प्रतियोगिताको चहलपहल हेर्दा जिल्लामै फुटबल खेलका लागि उर्बर भूमि भएको बताए । सभामुख भण्डारीले राष्ट्रिय खेलकुद परिषद् लगायतका सम्बन्धित निकायले शहरी क्षेत्रमा मात्र ध्यान दिई ग्रामिण भेगका खेलाडी लाई बेवास्ता गर्दा अहिले नेपाली फुटबल खेलमा सोचे जस्तो फड्को मार्न नसकेको औल्याए । पुरस्कार वितरण गर्दे मेयर शर्माले खेलकुद क्षेत्रमा पुनर्वास नगरपालिका र आफु सँधै सकारात्मक हुँदै आएको बताए ।

    उनले खेलकुदका लागि नगरले आवश्यक बजेट विनियोजन गरिदिएको र अझ आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता जाहेर गरे । त्यसैगरी निर्वतमान नगर प्रमुख थापाले पुनर्वास कै सबैभन्दा पुरानो न्यू भानु युवा क्लबको आफ्नै छुट्टै पहिचान रहेको बताए । उनले भने “ पुनर्वासमा खेलकुदको क्रेज भएकै कारण गाउँ गाउँमा विभिन्न प्रतियोगिता हुने गरेका छन् । चाडबाडको समयमा गाउँमा मनोरञ्जनका साथै खेलकुदको विकासका लागि पनि प्रतियोगिता हुने गरेको सुनाए । त्यस्तै क्लवका अध्यक्ष पदम बहादुर थापा ले स्थानीय स्तरबाटै रात्ष्ट्रियस्तरका खेलाडीहरूको उत्पादन गराउन सकिन्छ भन्ने उद्देश्यका साथ खेल आयोजना गरिएको बताए ।

    राज्यले खेलकुदको लागि बर्षेनी करोडौं बजेट विनियोजन गरिन्छ तर उक्त बजेट ग्रामीण क्षेत्रका खेलाडीहरूको लागि “अकाशको फल आँखा तरी मर“ झैं भएको उनको भनाई थियो । क्लबका सचिव जय सिँह ठकुरीले खेल एकदमै बिवाद रहित टुङ्ग्याउन थुप्रै चुनौतीहरुको बावजूद आयोजक कमिटीको अथक प्रयास रहेको बताए । फुटबल प्रतियोगिताको समापन समारोहमा उपस्थित वक्ताहरुले खेलकुद क्षेत्र युवाहरुका लागि अनिवार्य भएको भन्दै यसमा नगरपालिका, प्रदेश र संघीय तीनै तहका सरकारले प्राथमिक्ताका साथ बजेट छुट्याएर खेलकुदका गतिबिधि गर्नुपर्ने आवश्यक्ता औंल्याएका थिए । समय समयमा गाउँमा मनोरञ्जनका साथै खेलकुदको विकासका लागि पनि प्रतियोगिता हुने गरे पछि फुटबल प्रेमी दर्शकहरू निकैनै खुशी भएको देखिन्छ।

    न्यू भानु युवा क्लब को आयोजनामा भएको प्रतियोगितामा १९ टिम सहभागी रहेका थिए ।पुनर्वास नगरपालिका अन्तर्गत साविक कालिका, त्रिभुवनबस्ती परासन र बाईसे बिचुवा गाविसका १९ टिम सहभागिता रहेको प्रतियोगिता भानु युवा क्लब को घरेलु खेलमैदानमा सम्पन्न भएको थियो । पदम बहादुर थापाको सभापतित्व , सुदूरपश्चिम प्रदेश सभाका सभामुख माननीय भिम भण्डारी को प्रमुख आतिथ्य र नगर प्रमुख तोय प्रसाद शर्मा का साथै पुर्व मेयर जीवन राज थापाको बिशिष्ट आतिथ्यमा सम्पन्न समापन समारोहमा भानु युवा क्लबका पुर्व अध्यक्ष पदम पुजाराले स्वागत मन्तव्य राखेका थिए । भने उक्त समापन समारोहलाई रूपेश खरेल ले सञ्चालन गरेको थियो। यसैगरी खेलकुद अवधिभर प्रत्यक्ष प्रसारणमा भानु युवा क्लबका खेलाडी हिमेश थापाले लाइफ कमेनटरी गरेका थिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by