Above Article Ad
  • कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, धनगढीको केयर टेकरमा महराको मृत्यु

    Above Article Content Ad
  • सोमबार बिहान बेदकोट नगरपालिका-६ सिसैयास्थित पूर्व-पश्चिम राजमार्गमा से ३ प ५२७४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बेदकोट नगरपालिका-९ का ६० वर्षीय गौरसिंह महरा गम्भीर घाइते भएका थिए।

    उनको महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढीस्थित केयर टेकर अस्पताल प्रालिमा पठाइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

    Article inline ad #1
  • मोटरसाइकलको ठक्करबाट पैदलयात्री डडेल्धुराको अजयमेरु गाउँपालिका-५ का २१ वर्षीय यज्ञ ठगुन्नाको टाउकोमा सामान्य चोट लागेको छ। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6