
डोटीमा सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु, १० जना पक्राउ
Above Article Content Ad
डोटीः सिकार खेल्न जाँदा गोली लागेर डोटीका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडीकेदार गाउँपालिका-२ बर्छैन बस्ने २४ वर्षीय नरेश सार्की रहेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ।
बिहीवार दिउसो बडीकेदार गाउँपालिका–१ बेडुपाटा खोलाको किनारमा शिकार खेल्न जाँदा बडीकेदार गाउँपालिका–१ रजेडका ४८ वर्षीय कमल सिँह खड्काकाले बोकेको भरुवा बन्दुक पड्किदा नरेशको दायाँ छातिमा गोली लागि घट्नास्थलमै मृत्यु भएको हो । घटनामा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बडीकेदार गाउँपालिका–१ रजेडाका ४८ वर्षीय कमल सिँह खड्का, सोही स्थानका २६ वर्षीय खेम खड्का, ५२ वर्षीय तारा सिँह खड्का, बडीकेदार गाउँपालिका–२ बर्छैन बस्ने ३९ वर्षीय तेजेन्द्र भाट, सोही स्थानका ४० वर्षीय अम्मर शाह, ३१ वर्षीय चक्र भाट, १८ वर्षीय सुनिल बम, ३७ वर्षीय गणेश घर्तिमगर, ७१ वर्षीय मानबहादुर शाह र बडीकेदार–२ गर्भुजा बस्ने २६ वर्षीय जुलेश नामजाली मगर रहेका छन् । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको डोटी प्रहरीले बताएको छ । ४० वर्षीय अम्मर शाह, ३१ वर्षीय चक्र भाट, १८ वर्षीय सुनिल बम, ३७ वर्षीय गणेश घर्तिमगर, ७१ वर्षीय मानबहादुर शाह र बडीकेदार–२ गर्भुजा बस्ने २६ वर्षीय जुलेश नामजाली मगर रहेका छन्। उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको डोटी प्रहरीले बताएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad