Above Article Ad
  • मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    Above Article Content Ad
  •  विराटनगर — जंगली हात्तीको आक्रमणबाट मोरङको लेटाङमा एक जनाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार सोमबार लेटाङ नगरपालिका–९ बाह्रकोठेका ४२ वर्षीय मनबहादुर लिम्बूको मृत्यु भएको हो । प्रहरीका अनुसार लिम्बू माछा मार्न भनेर सोमबार बिहान ८ बजेतिर घरबाट निस्किएका थिए ।

    Article inline ad #1
  • फर्किएर नआएपछि आफन्त र परिवारका सदस्यले खोजी गर्दा घरदेखि करिब ५ किलोमिटर दक्षिणमा रहेको जंगलमा राति ९ बजेतिर मृत फेला परेका थिए ।

    प्रहरीका अनुसार घटनास्थलको प्रकृति हेर्दा हात्तीको आक्रमणबाट लिम्बूको मृत्यु भएको देखिएको थियो । घोप्टो परेको अवस्थामा उनको शव फेला परेको थियो ।घटनास्थल वरपर हात्तीका पाइलाहरू छन् । घटनास्थलमा शवनजिकै लिम्बूको साइकल पनि फेला परेको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by