
कर्नाटकबाट भारतीय बालिका भगाएर आउन लागेका युवक गौरीफन्टामा पक्राउ
Above Article Content Ad
धनगढी- भारतको कर्नाटक राज्यको बेंगलोरूबाट एक कालिका भगाएर नेपाल आउन लागेका युवक गौरीफन्टा नाकमा पक्राउ परेका छन्।
१४ वर्षीया बालिका स्वपना एसलाई भगाएर घर आउन लागेका कञ्चनपुरको महेन्द्रनगरका २३ वर्षीय कमल पाण्डेयलाई भारतीय एसएसबीले बिहीवार साँझ नियन्त्रणमा लिएको हो।
Article inline ad #1
बेंगलोरूस्थित होसाकोटेको एक होटलमा काम गर्दै आएका पाण्डेयले सोही होटेकी कर्मचारीकी छोरीलाई साथमा लिएर आएको एसएसबीले जनाएको छ। दुबै जनासँग सोधपुछ गर्दा घरमा खबर नगरी बालिका युवकसँग नेपाल आउन लागेको पत्ता लागेको थियो।
Article inline ad #2
एसएसबीले बालिकाको घरमा सम्पर्क गर्दा उनी स्कुल जाने भन्दै पाण्डेयसँगै आएको खुलेको बताएको छ। दुबै जनालाई आवश्यक कारबाहीका लागि लखिमपुर पुलिसको जिम्मा लगाइएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















