
माघ १५ देखि पुनर्वासमा दोस्रो एपिएस कप
Above Article Content Ad
पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–८, पृथ्वीबस्ती, क–गाँउमा दोस्रो एपिएस कप सञ्चालन हुने भएको छ ।
बिहिबार पत्रकारलाई जानकारी गराउँदै अलंकार पब्लिक स्कुलद्वारा आयोजना गरिने आधारभुत तह अन्तर विधालय स्तरीय फुटबल प्रतियोगिता अर्थात दोस्रो एपिएस कप माघ १५ देखि सञ्चालन हुने भएको हो ।
Article inline ad #1
बागिश्वरी माध्यमिक बिधालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा सहभागी बिधालयका टिमले पन्ध्र सय शुल्क माघ १४ गते दिउँसो २ बजेसम्म तिरेर टिम दर्ता गराउन सक्ने बिधालयका प्रिन्सिपल पुष्पराज ओझाले बताए ।
Article inline ad #2
माघ २१ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको प्रथम पुरस्कार पन्ध्र हजार एक सय पचपन्न र द्धितिय पुरस्कार सात हजार एक सय पचपन्न रुपैँया रहेको प्रिन्सिपल ओझाले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad