Above Article Ad
  • कञ्चनपुरका यातायात मजदुर आन्दोलनमा, पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध

    Above Article Content Ad
  • कञ्चनपुर: सवारी दुर्घटनामा पक्राउ परेका चालकको रिहाइको माग गर्दै कञ्चनपुरका यातायात मजदुरहरू आन्दोलनमा उत्रिएका छन्। बिहीवारदेखि जिल्लाका सवारी मजदुरहरूले महेन्द्रनगर बसपार्क र पूर्वपश्चिम महेन्द्र राजमार्गका विभिन्न स्थान अवरुद्ध पारेका छन्।

    गत माघ १९ गते महेन्द्रनगरबाट धनगढी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ४४७ नम्बरको बसले कृष्णपुर नगरपालिका–२, बंकमा सोही दिशामा आइरहेको प्रदेश ३०२०१२ प ९४०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा मोटरसाइकल चालक सनत रेग्मी र सवार कमलकान्त जोशी सामान्य घाइते भएका थिए। उनीहरूको उपचार धनगढीस्थित निसर्ग अस्पतालमा गरी घर फर्काइएको छ।

    Article inline ad #1
  • तर, डिस्चार्ज भइसकेका जोशीले इलाका प्रहरी कार्यालय झलारीमा अंगभंगको मुद्दा दर्ता गरेपछि चालकलाई प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरेको छ। यातायात मजदुर संगठनहरूले चालक अवस्थीलाई बिना प्रमाण अनावश्यक रूपमा हिरासतमा राखिएको आरोप लगाएका छन्।

    Article inline ad #2

    मजदुर संगठनहरूले विज्ञप्ति जारी गर्दै अदालतमार्फत चालक अवस्थीलाई अन्यायपूर्वक थुनामा राखिएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले अवस्थीको अविलम्ब रिहाइको माग गर्दै चरणबद्ध आन्दोलनको चेतावनी समेत दिएका छन्।

    यातायात व्यवसायीहरूले महेन्द्रनगर बसपार्कसहित पूर्वपश्चिम महेन्द्र राजमार्गको चम्पापुर, भासी पुल लगायतका क्षेत्रमा सडक अवरोध गरेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले अवरुद्ध राजमार्ग खुलाउन व्यवसायीहरूसँग छलफल भइरहेको जानकारी दिएका छन्।

    संयुक्त आन्दोलनमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल ट्रेड युनियन महासङ्घ, समन्वय समिति, कञ्चनपुरको सहभागिता रहेको छ। आन्दोलनकारीहरूले चालक अवस्थीको शीघ्र रिहाइ नभए थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by