Above Article Ad
  • बेदकोटमा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

    Above Article Content Ad
  • कंचनपुर – कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । वेदकोट नगरपालिका वडा नम्बर १ हात्तीथला बस्ने ६९ वर्षीया हिरादेवी धानुकको हात्तीको आक्रमणमा परेर मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ । मंगलबार दिउँसो बैजनाथ मध्यवर्ती सामुदायिक वनमा घाँस दाउरा ल्याउन गएका  बेला हात्तीको आक्रमणबाट स्थानीय ६८ वर्षीया हिरादेवी धानुकको मृत्यु भएको वडा अध्यक्ष रमेशसिंह भण्डारीले बताए ।  ‘दुवै खुट्टा भाचिएको छ, ‘वडाध्यक्ष भण्डारीले भने, ‘घटना स्थलमा हात्तिले कुल्चिएको छ ।’

     

    Article inline ad #1
  • मृतक हिराका छोरा उज्जल धानुकले घाँस दाउरा ल्याउन नजिकै सामुदायिक बैजनाथ मध्यवर्ती सामुदायिक वनमा गएका बेला हात्तीको बथानले आक्रमण गरी आमाको मृत्यु भएको बताए । ‘अबेर साँझसम्म पनि जङ्गलबाट घर नफर्किएपछि खोजी गर्दैँ जाँदा सामुदायिक वनकै कार्यालय नजिक मृत भेटाए, ‘उनले भने, ‘जंगली हात्ती गाँउ नजिकै आएर हात्तीले लछारपछार गरि आक्र्रमण गरेको देखियो ।’ गत भदौँमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ७ शिमलफाँटाकी मिना जोशीको ज्यान लिएको जंगली हात्तीले ६ महिना नवित्दै फेरी बेदकोट नगरपालिका १ हात्तीथलाकी एक बृद्ध महिलाको ज्यान लिएको छ । कञ्चनपुरमा राष्ट्रिय निकुञ्जवाट आउने वन्यजन्तुले स्थानीयलाई आक्रमण गर्दै आएका छन् भने खेतीपातीसमेत नष्ट गर्ने गरेका छन् ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button