Above Article Ad
  • एमालेका नेता अम्मर सिंह राना बिरूद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता

    Above Article Content Ad
  • कञ्चनपुरको लालझाडी गाउँपालिकाका एमाले नेता अम्मर सिंह राना माथि जबर्जस्ती करणीको मुद्दा दर्ता गरिएको छ ।

    नेकपा एमालेका नेता राना विरुद्ध सोही गाउँ बस्ने २२ वर्षीया एक युवतीले जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले जानकारी दिए ।

    Article inline ad #1
  • पिडित युवतीले आफुलाई डर धम्की दिई पटक पटक यौन दुव्र्यवहार गरेको बताईन । पटक पटकको जबर्जस्ती करणी पश्चात गर्भ बस्न पुगेपछि रानाले प्रत्यक्ष भेटेर तथा फोन गरेर आर्थिक प्रलोभन देखाउँदै गर्भपतन गर्नु,करणीको कुरा बाहिर नलान दबाब दिएको बताउँदै उक्त कुरा बाहिर लगे आफूलाई मार्ने धम्की दिएको पिडित युवतीको भनाई छ ।

    Article inline ad #2

    पिडित किशोरीका बुवा भन्छन “गाउँको विवाद गाउँमै समाधान गर्नुपर्छ, बाहिर लैजानुहुन्न भन्दै निज रानाले निकै दबाब दिएको थियो । तर आफ्नो छोरी माथि भएको जबर्जस्ती करणी जस्तो जघन्य अपराध गाउँमै मिलाउन हुन्न ,गाउँमै दबाएर राख्न खोजियो भने कालान्तरमा यसले नराम्रो असर पार्छ ।’आज मेरो घरमा घटेको छ भोलि कोही अर्को गाउँलेको घरमा घटना दोहोरिन सक्छ भन्दै घटना बारे प्रहरीसम्म लिएर मुद्दा दायर गरेको बताए ।
    उनले जबरजस्ती करणीबाट आफ्नो छोरीको मानवीय , मनोवैज्ञानिक, शारीरिक, पेशागत, चारित्रिक, बौद्धिक, सामाजिक, आर्थिक लगायत जीवनको विभिन्न पक्षमा परेका दुरगामी असरलाई ध्यानमा राखी निजलाई कडा कार्बाहीको माग गर्दैै मुद्धा दर्ता गराएका हुन् ।

    पीडक अमरसिंह राना २०७४ को स्थानीय निर्वाचनमा लालझाडी गाउँपालिका–३ का नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदका प्रत्यासी उम्मेदवार हुन ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button