
बेलौरीमा लक्ष्मी माध्यमिक विद्यालय जवदियामा निर्माण भएको दिवा खाजा घरको उद्घाटन
पुनर्वास -कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ मा रहेको लक्ष्मी माध्यमिक विद्यालय जबदियामा निर्माण भएको दिवा खाजाघरको नगरप्रमुख पोतिलाल चौधरी र नगर उपप्रमुख एवं दिवा खाजा समितिका संयोजक जोगराम चौधरीद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको हो।
सुदुर पश्चिम प्रदेश सामजिक विकास मन्त्रालयको आर्थिक वर्ष २०८१/०८२ विनियोजित बजेट मार्फत लक्ष्मी माध्यमिक विद्यालय जवदियामा निर्माण भएको दिवा खाजा घर निर्माण भएको विद्यालय प्रधानाध्यापक वीरेन्द्र सिंह भण्डारीले जानकारी दिनुभयो।बेलौरी नगरपालिकाका सबै सामुदायिक विद्यालयमा खाजा घर निर्माणका बजेट प्राप्त भएता पनि विद्यालयको नाममा जग्गाधनी प्रमाणपत्र नभएकाले ६ वटा सामुदायिक विद्यालयमा निर्माण सम्पन्न भएको नगर उपप्रमुख एवं दिवा खाजा समितिका संयोजक जोगराम चौधरीले जानकारी दिनुभयो।सरकारले कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई २०७७ सालदेखि दिवा खाजा खुवाउने व्यवस्था गरेको छ।
कार्यक्रममा नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी, बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी, बेलौरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कलवीर चौधरी,विद्यालयका सहायक प्रधानाध्यापक अनिल पाण्डेय,नगर खेलकुद समितिका सदस्य भूपेन्द्र शाही, जिल्ला खेलकुद समितिका कोषाध्यक्ष सुरेन्द्र शाही, निर्माण व्यवसायी राम खड्का,विद्यालयका शिक्षक लगायत स्थानीय सञ्चारकर्मीको उपस्थिति रहेको थियो।
















