
पुनर्वासमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु , मोटरसाइकल चालक फरार
Above Article Content Ad
कञ्चनपुरको पुनर्वास नगरपालिका–१, बलभद्र बस्तीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको छ।
सोही ठाउँ बस्ने ७५ वर्षीया श्रीमाया तामाङलाई हुलाकी सडकखण्डमा पैदल हिँडिरहेका बेला नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको हो।
Article inline ad #1
मोटरसाइकलको ठक्करबाट शरीरको भित्री भागमा गम्भीर चोट लागेकी तामाङलाई स्थानीयले उद्धार गरी बि.एन.पोलिक्लिनिक पुर्याएका थिए । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
Article inline ad #2
दुर्घटनापछि मोटरसाइकल चालक फरार भएका छन्। फरार चालक र ठक्कर दिने मोटरसाइकलको पहिचान खुल्न सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















