
कञ्चनपुरको पुनर्वासमा पार्वती व्युटी पार्लरद्वारा सञ्चालित ३ महिने व्युटिसियन तालिम सम्पन्न
Above Article Content Ad
पुनर्वास-कंचनपुरको पुनर्वास नगरपालिका-८ क गाउँमा अवस्थित पार्वती व्युटी पार्लरले सञ्चालन गरेको ३ महिने व्युटिसियन तालिम सम्पन्न भएको छ ।
“सीप सिकौं , आत्म निर्भर बनौं ” भन्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा स्थानीय १७ जना सहभागी थिए ।
Article inline ad #1
बुधबार एक कार्यक्रमका बिच व्यवसाय विकास तथा परामर्श केन्द्र प्रा. लि.(बिबिसी)धनगढीको सहजीकरणमा सम्पन्न तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रबन्धक निर्देशक झुम अधिकारी र पार्वती व्यटि पार्लरकी सञ्चालक तथा प्रशिक्षक व्युटिसियन पार्वती ठकुरी हमालले प्रमाणपत्र वितरण गरेका थिए ।
Article inline ad #2
सहभागीलाई सिटिईभिटिईको मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिएको थियो ।

पार्वती व्यटि पार्लरकी सञ्चालक तथा प्रशिक्षक व्युटिसियन हमालले आगामी दिनमा पनि यस्ता विभिन्न सिपमुलक कार्यक्रम आयोजना गर्ने जानकारी दिईन ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















