Above Article Ad
  • काँग्रेस राष्ट्रिय राजनीतिमा कञ्चनपुर १ बाट दिवान बिष्ट पहिलोपटक प्रतिनिधित्व गर्दै

    Above Article Content Ad
  • कञ्चनपुर -२०४६ को बहुदलीय प्रजातन्त्र स्थापना यता राष्ट्रिय राजनीतिमा पहुँच नभएको कञ्चनपुर क्षेत्र नम्बर १ बाट पहिलो पटक नेपाली काँग्रेसको राजनीतिमा प्रतिनिधित्व भएको छ ।

    नेपाली काँग्रेसको भर्खरै सम्पन्न १५ औं महाधिवेशन बाट १८०९ मत ल्याएर दिवान सिंह बिष्ट केन्द्रिय सदस्यमा निर्वाचित भए पछि नेपाली काँग्रेसको राष्ट्रिय राजनीतिमा कञ्चनपुरको क्षेत्र नम्बर १ को प्रतिनिधित्व हुन पुगेको हो ।

    Article inline ad #1
  • बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका स्थित बाराकोट चौपालामा जन्मिएका नेता बिष्ट २०३६ साल देखि नेविसंघको छात्र राजनीति बाट उदाएका नेता हुन ।

    Article inline ad #2

    २०४८ मा कञ्चनपुर १ को क्षेत्रीय सभापती हुँदै पार्टी राजनीतिमा पकड बलियो बनाउदै आएका नेता बिष्ट नेपाली काँग्रेसको विभिन्न तहमा रहेर काम गर्दै जनता माँझ लोक प्रिय बन्दै आएका छन् ।

    आरक्ष पीडित समस्या समाधान आयोगको कञ्चनपुर अध्यक्षको समेत जिम्मेवारी समाली सकेका बिष्ट निरन्तर नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि र महा समिती सदस्य रहदै आएका छन ।

    २०७० मा संविधानसभा सदस्य पदमा निर्वाचित बिष्ट हाल सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं बिधायन समितिको सभापति समेत रहेका छन् ।
    पहिलो पटक २०७० मा संविधानसभा सदस्य निर्वाचित भए पछि भौतिक पुर्वाधारको अभाव झेल्दै आएको क्षेत्र नम्बरमा बिकास निर्माणका पुर्वाधारहरुको थालनी भएको छ ।

    सुदूरपश्चिम भुगोल खुला केन्द्रिय सदस्य पदमा ९ जनाको प्रतिस्पर्धा रहेकोमा जनक चटौत (२५३२) , दिवान सिंह बिष्ट (१८०९) बहादुर सिंह थापा (१७९९)मत ल्याएर बिजयी भएका हुन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6