Above Article Ad
  • प्याडमा लागुऔषध बोकेर मोरङ कारागार पुगेका दिदीबहिनी पक्राउ

    Above Article Content Ad
  • प्याडमा लागुऔषध बोकेर मोरङ कारागार पुगेका दिदीबहिनी पक्राउ

    लागुऔषध लिएर आफन्त भेट्न मोरङ जिल्ला कारागार पुगेका दिदीबहिनी पक्राउ परेका छन् । आफन्त भेट्न कारागारमा पुगेका बेला सशस्त्र प्रहरीले सुरक्षा जाँचका क्रममा भित्री वस्त्र प्याडमा लागुऔषध भेटेपछि पक्रा गरेको हो ।

    Article inline ad #1
  • सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–११ बस्ने मेलिना तामाङ र पूर्णिमा तामाङ छन् । उनीहरू दुवै दिदीबहिनी रहेको एसपी भण्डारीले जानकारी दिए ।

    Article inline ad #2

    बिहीबार दिउँसो विराटनगर महानगरपालिका–८ हाटखोलास्थित कारागार कार्यालयको मुख्य प्रवेशद्वारमा खटिएको सुरक्षा टोलीले नियमित चेकजाँचका क्रममा उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको उनले बताए ।

    ‘नियमित चेकजाँच गर्दा शंकास्पद देखिएपछि जाँच हुँदा लागूऔषध भेटियो,’ उनले भने, ‘ट्याब्लेट र क्याप्सुललाई लगाएको प्याडमा लुकाएर भित्र लैजान खोजेको देखियो ।’

    उनीहरूको साथबाट हरियो रङको २४० थान क्याब्सुल र सुन्तला रङको २४० थान गरी जम्मा ४८० थान लागुऔषध ट्याब्लेट बरामद भएको छ । उनीहरूको कारागारभित्र को आफन्त छ भन्ने प्रहरीले खुलाएको छैन ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6