Above Article Ad
  • पुनर्वासमा पृथ्वी पशुपालन महिला सहकारीद्वारा तिन दिने सहकारी शिक्षा तालिम सुरु

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुरको पुनर्वासमा तिन दिने सहकारी शिक्षा तालिम सुरु भएको छ । पुनर्वास–८ मा रहेको पृथ्वी पशुपालन महिला सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्य तथा वडा समुहका प्रतिनिधिहरुलाई उक्त तालीम दिएको हो । बुधवार एक कार्यक्रमका बिच पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलिया कुमारी रानाले उक्त तालिमको उद्घाटन गर्नुभयो ।


    तिन दिने सहकारी शिक्षा तालिमको उद्घाटन गर्दै उपप्रमुख रानाले महिला दिदि बहिनीहरुले मिलेर सहकारी चलाएको देख्दा गर्ब महशुस हुने गरेको बताउनुभयो । सहकारी चलाउदा अवसर र चुनौती दुबै भएकाले समयको माग अनुसार चल्नु पर्नेमा उहाँले सुझाव ब्यक्त गर्नुभयो । महिला दिदिबहिनीहरुले आजको दिनमा एक÷दुई रुपैया जम्मा गरी गरेको बचतले भोलीको भबिष्य राम्रो बन्ने भएकाले पनी सहकारीले शेयर सदस्यहरुको भरोशा कायम राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    Article inline ad #1
  • Article inline ad #2

    यस्तै कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका सहकारी शाखा प्रमुख धौलाराम सार्कीले सहकारीका शेयर सदस्यहरुले इमान्दारीता पुर्वक लिएको रिण फिर्ता गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समय सहकारीहरुको खराव कर्जा बढ्दै गएको र पालिकामा रिण उठाउन सहयोग गरीपाउँ भन्ने किसिमका निबेदनहरु आउन थालेको बताउनु भयो । खराव कर्जा घटाउन सहकारीहरुले लगानी लगाउदा नै चनाखो बन्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

    यस्तै कार्यक्रममा बोल्दै पृथ्वी पशुपालन महिला सहकारी संस्था लिमिटेडको अध्यक्ष निर्मला बिष्टले सहकारीलाई सबल र सफल रुपमा अघि बढाउन सम्पुर्ण पक्षको सहयोग चाहिने बताउनुभयो । तालिमको समापनसम्म सहभागीहरूलाई व्यवहारिक अभ्यास र समूह छलफल मार्फत सहकारीको दिगो विकासमा आवश्यक ज्ञान तथा सीप प्रदान गरिने उहाँले बताउनुभयो । यस्तै सहकारीले महिलाहरूको सशक्तीकरण र आर्थिक सुधारका लागि निरन्तर पहल गर्दै आएको उहाँ बताउनुहुन्छ ।

    तालीममा ४५ जनाको सहभागीता रहेको थियो । तालीममा कारीतास नेपाल कञ्चनपुरका सयोजक थेगुरा चौधरी र सुदुर पश्चिम प्रदेश बचत तथा रिण सहकारी संस्था लि.का सचिब डिल्ली प्रसाद शर्मा लगयतले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रमको सञ्चालन सहकारीको ब्यवस्थापक पुष्पा कुमारी रोकायाले गर्नुभएको थियो ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by