Above Article Ad
  • पुनर्वासी मतदाता प्रति भावुक हुँदै सामाजिक सञ्जालबाटै सम्झिईन निर्वतमान उपमेयर बिष्ट

    Above Article Content Ad
  • पुनर्वास– स्थानिय तहको पहिलो निर्वाचन २०७४ असार १४ गते सम्पन्न भयो । निर्वाचन पछि नतिजाले पुनर्वासको नेतृत्व गर्ने जिम्मा नेकपा एमालेका मेयर र उपमेयरले पाए ।

    २० वर्षपछिको स्थानिय तह फर्किएपछि पुनर्वासको सेरोफेरो बदल्न ठुलो चुनौती थियो । चुनौतीका बाबजुद पनि कति सपना सफल भए त कति अधुरै रहे । निर्वाचित पछि पाँच वर्षे कार्यकाल जनप्रतिनिधिका लागि लामो लागेपनि काम गर्ने दौरानमा कार्यकाल बितेको पत्तै पाईएन निर्वतमान उपमेयर शारदा बिष्ट भन्नुहुन्छ ।

    Article inline ad #1
  • निर्वतमान उपमेयर बिष्टले विगतको पाँच वर्षकार्यकालको झझल्को निकाल्दै आफ्नो फेसबुक वालमा यस्तो लेख्नुभएको छ । “आफ्ना प्यारा पुनर्वासी मतदाता माझ आफ्नो विवेकले भ्याए सम्म नितान्त जनसेवी भावनाले कार्य सम्पादन गर्ने हर सम्भव प्रयासरत भए , हाम्रो गौरवमय पार्टीको विभिन्न आरोह अवरोहमा पनि कत्ति पनि बिचलित नभईकन आफ्नो जिम्मेवारी पुरा गर्नु प्रमुख दायित्व सम्झेर अहोरात्र खटिएर आफ्नो पार्टीलाइ शिरमा राखेर अगाडि बढ्ने क्रममा कोभिड १९ कोरोना भाइरस जस्तो बिश्व जगतलाई नै तहस–नहस पारेको बिषम परिस्थिति र देश पुर्णरुपमा लकडाउनको अवस्थामा हुँदा पनि आफ्नो पालिकाको जनताको जिवन रक्षाका खातिर आफ्नो ज्यूधनको कुनै प्रवाह नगरी अहोरात्र खटिए, त्रिभुवनबस्ति प्रहरी, सशस्त्र प्रहरी प्रमुख सहितको टिम ,सम्पुर्ण स्वास्थ्य कर्मीज्युहरुको टिम ,कोभिड एम्बुलेन्स चालक स्थानीय सन्चारकर्मी ज्युहरुको टिम, जनप्रतिनिधि र स्वयंसेवक ज्युहरुसँग सहकार्य गर्दै एउटा कुसल जनप्रतिनिधि बनि अभिभावकत्वको भुमिका निर्वाह गरेको मेरा सम्माननिय पुनर्वासी जनताले तत्कालीन स्थापना गरिएको हाम्रो पालिकाको १७ वटा क्वारेन्टाइनमा हरेक दिन जसो दैनिक भेटघाट र दुःखसुख को साथी बने ।

    Article inline ad #2

    अरु पुनर्वासमा घर भएका संघ ,प्रदेश र अन्य जनप्रतिनिधि ले त्यो अवस्थामा गरेका दुरब्यवहारको समिक्षा अवश्य गर्नु हुनेछ ,वास्तविक जनप्रतिनिधि भनेको जनताको अत्यन्तै दुःखद क्षणमा का,े के, कसरी आफ्नो सामु पाउनु भएको थियो । हामी निकै सोझा छौ, चुनावको बेला हामीलाई लालाईफकाई गर्न निक्कै साक्खे बनेर दुई चार हजारमा हाम्रो अमुल्य मत किन्ने दुस्साहस हरेक चुनावका बेला गरेका छन ।

    तसर्थ मलाई बिश्वास छ यसपाली आउदो मंसिर महिनामा हुने प्रदेश सभाको निर्वाचनमा हाम्रो गौरवमय पार्टी एमालेको तर्फबाट हामी महिला भएर पनि बिपत्तिको बेला रत्तिभर पर्वाह नगरी जनताको सेवामा निस्वार्थ भवनाने आफुलाइ समर्पित गरेको उच्च मुल्यांकन अवश्य हुनेछ । भन्ने कुरामा पुर्ण बिश्वास लिंदै म सहित सबैले आफ्नो स्वमुल्यांकन गरि पार्टीको हितलाइ सर्बोपरि बनाउने कुरामा अगाडि बढे हामी सबैको भलो हुने कुरामा दुइमत नहोला सायद, एउटै पार्टीका नेता तितरबितर भएर जादा पनि आफ्नो पार्टी प्रति बफादार रहि कामको समेत उच्च मूल्याकंन हुनेछ भन्ने बिषयमा समेत पुर्ण बिश्वस्त छु ।”

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    2
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button