
कञ्चनपुरमा जङ्गली च्याउ खाँदा दुई जना बिमारी
Above Article Content Ad
पुनर्वास -कञ्चनपुरमा जङ्गली च्याउ खाँदा दुई जना बिरामी परेका छन्।
जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर-२ वाणिमा जङ्गली च्याउ खाँदा आमा छोरी बिरामी परेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, जङ्गलबाट ल्याएको च्याउँ खाँदा देवा देवी चौधरी र उनकी १८ वर्षीया छोरी सङ्गीता चौधरी बिरामी भएका हुन्।
Article inline ad #1
विषालु च्याउ खाँदा बिरामी भएका उनीहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए। उनीहरुको अवस्था सामान्य रहेको बोहराले जानकारी दिए।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad


























