Above Article Ad
  • सुदूरपश्चिममा भूमिहिनलाई पूर्जा वितरण

    Above Article Content Ad
  •  कञ्चनपुर-सुदूरपश्चिममा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पूर्जा वितरण गर्न थालिएको छ।

    सोमबार भूमि समस्या समाधान आयोग जिल्ला समिति डडेल्धुराको समन्वयमा परशुराम नगरपालिका–१२ नम्बर वडाका ६४ जनालाई जग्गाधनी पूर्जा वितरण गरिएको हो।जोगबुडा अस्पताल सभा हलमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, नगर प्रमुखसहित मन्त्रीले मिलेर जग्गा धनी पूर्जा वितरण गरेका हुन्।

    Article inline ad #1
  • त्यसक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री शाहले हलिया, कमैया, कमलरीहरूको मुक्तिसँगै उनीहरूको व्यवस्थापनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताए।शाहले संघ सरकारले प्रदेश सरकारलाई पूर्ण अधिकार नदिएको गुनासो गरे।

    Article inline ad #2

    उनले प्रदेशलाई अधिकार सम्पन्न गराए तीन वर्ष भित्र भूमि सम्बन्धी समस्या समाधान गर्ने दाबी गरे। जग्गाधनी पूर्जा वितरण प्रदेशका कृषि मन्त्री वीरबहादुर थापा, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट, परशुराम नगरपालिकाका मेयर भरत जोशी लगायतले वितरण गरेका थिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6