Above Article Ad
  • पुनर्वासका एक जोडीले मानव सेवा आश्रममा भोजन गराएर मनाए १५ औँ वैवाहिक उत्सव

    Above Article Content Ad
  • पुनर्वास-हिजो आज जन्मदिन तथा वैवाहिक वर्षगाँठ जस्ता विशेष दिनहरुमा अशक्तहरूलाई सहयोग र विभिन्न सामाजिक कार्य गरी मनाउने प्रचलन बढ्दै गएको छ।

    आईतबार कञ्चनपुरको पुनर्वास नगरपालिका-५, भानुबस्ती निवासी देवी  बिष्ट रोकाया र जय बहादुर रोकायाले आफ्नो १५ औँ वैवाहिक वर्षगाँठको अवसर पारेर मानव सेवा आश्रम धनगढीमा आश्रित व्यक्तिहरूलाई भोजन गराएको हो ।

    Article inline ad #1
  • उनीहरूले आश्रममा रहेका १ सय ५५ जना आश्रितलाई भोजन खुवाउँदै आफ्नो वैवाहिक उत्सवलाई समाजसेवामुखी बनाएका छन्।

    Article inline ad #2

    जिन्दगीको विशेष दिनमा श्रीमान रोजगारीका सिलसिलामा नेपाल बाहिर रहे पनि सासुससुरा र बालबच्चा लिएर घर परिवार विहिन भएका व्यक्तिहरूको सहारा बनेको मानव सेवा आश्रममा सहयोग गर्न पाउँदा निकै खुसी लागेको  देवी  बिष्ट रोकायाले बताइन् ।

    उनको व्यक्तिगत खुशीलाई सामाजिक सेवासँग जोड्दै गरिएको यस कार्यले मानवता र सहयोगको भावना झल्काएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6