बागिश्वरीको ५१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न
कञ्चनपुर, पुनर्वास नगरपालिका–८ स्थित बागिश्वरी माध्यमिक बिद्यालयको ५१औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ ।
सोमबार विद्यालयको प्राङ्गणमा एक भव्य समारोहका बीच कार्यक्रम सम्पन्न भएको हो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परि रावलको सभापतित्व तथा पुनर्वासका नगरप्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा आर्थिक प्रतिवेदन पेश गर्दै विद्यालयका प्रधानाध्यापक डिल्ली प्रसाद शर्माले विद्यालयमा श्रव्यदृष्य सामाग्रीको व्यवस्था रहेको, विद्यार्थीलाई निःशुल्क कोचिङ्ग क्लासको व्यवस्था गरीएको,खेलकुद सामाग्रीको पर्याप्त व्यवस्था गरिएको, नियमित स्टाफ बैठक साथै अभिभावकसंग नियमित भेटघाट र सहकार्यलाई निरन्तरता दिईएको जानकारी गराउनुभयो ।
सो अवसरमा विभिन्न व्यक्तिबाट प्राप्त अक्षयकोषबाट २१ जना भाईबहिनीलाई छात्रवृत्ति बाँडिएको थियो । कार्यक्रममा शिक्षक कर्मचारी, अक्षयकोष दाताहरूलाई सम्मान र हालै सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा विजय खेलाडी भाईबहिनीलाई सम्मानसँगै नगद पुरस्कार पनि वितरण गरिएको थियोे ।
प्रधानाध्यापक शर्माले आर्थिक वर्ष २०७८÷०७९ को कुल १ करोड ९२ लाख चार हजार २ रूपैया बराबरको आयव्यय तथा माघ सम्मको बचत १२ लाख ५४ हजार १९९ रूपैया गर्न सफल भएको जानकारी दिनुभयो । उहाँले विद्यालयमा दुई लाख अक्षयकोष जम्मा भएको, विद्यालयमा २२ थान सिसिटिभी ल्याएर हरेको कोठामा जडान गरीनुका साथै रंगरोगन गरिएको बताउनुभयो । विद्यालयको प्राङ्गणमा नया समरसियल जडान गरिनुका साथै पोडियमको निर्माण गरीएको बताउनुभयो । त्यसैगरी विद्यालयको चुनौतीको रुपमा पर्याप्त दरबन्दीको अभावमा निजिस्रोतबाट शिक्षक राख्नुपर्ने तर श्रोतको अभावमा निजिश्रोतका शिक्षकलाई न्यून तलबमा राख्नुपर्ने बाध्यता रहेको सुनाउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै पुनर्वासका नगर प्रमुख तोय प्रसाद शर्माले बागिश्वरी माविले पुनर्वासको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउदै आएको बताउँदै आगामी दिनहरूमा पनि थप प्रगति गर्दै जावस भनि बिद्यालयलको प्रगतिको शुभकामना व्यक्त गर्नुएको थियो ।
त्यस्तै नगर उप प्रमुख भुलिया कुमारी रानाले बिद्यालयमा बिधार्थिहरूलाई विकृति र विसंगतिबाट टाढा राख्न शिक्षक अभिभावकको महत्वपूर्ण भुमिका रहने कुरामा जोड दिनुभयो । पछिल्लो समय बढ्दो उमेरका धेरै युवायुवतीहरू विकृति तर्फ आकर्षित हुँदै गईरहेकोले आम अभिभावक तथा बिद्यालयका शिक्षक वर्गले बिशेष ध्यान दिनुपर्ने उपप्रमुख रानाले बताउनुभयो ।
कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले नृत्य प्रदर्शन गरेका थिए । कार्यक्रमलाई शिक्षक बिरेन्द्रसिंह कार्कीले सञ्चालन गर्नुभएको थियोे ।