Above Article Ad
  • लागुऔषधसहित तीन जना पक्राउ

    Above Article Content Ad
  • कञ्चनपुर- ईलाका प्रहरी कार्यालय बेलौरीले विशेष सूचनाका आधारमा लागुऔषध (खैरो हिरोइन) सहित तीन जनालाई पक्राउ गरेको छ।

    आज दिउँसो बेलौरी नगरपालिका ६ स्थित महाकाली क्याम्पस नजिकबाट बेलौरी बजारतर्फ आउँदै गरेको अटो रिक्सामा सवार उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    Article inline ad #1
  • विशेष सुराकीका आधारमा ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले दिउँसो करिब ३:४० बजेको समयमा सुदूरपश्चिम प्रदेश ०१ ०१ ह ५५०५ नम्बरको अटो रिक्सालाई रोकी चेकजाँच गरेको थियो। सो क्रममा अटोमा सवार व्यक्तिहरूको साथबाट २ ग्राम ५० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

    Article inline ad #2

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) सागर बोहराका अनुसार पक्राउ पर्नेहरू सबै कैलाली जिल्लाका बासिन्दा हुन्।। प्रहरीका अनुसार पक्राउ पर्नेमा अटो चालक धनगढी उपमहानगरपालिका ३ बोराडाँडी बस्ने २७ वर्षीय नरेन्द्र बोहरा, सोही वडाको चौराहा बस्ने ३६ वर्षीय प्रेम खत्री र धनगढी १३ राजपुर बस्ने ४० वर्षीय चक्रपति गिरी रहेका छन्।

    बरामद गरिएको लागुऔषध र अटो रिक्सासहित तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। खुला सीमानाका कारण कञ्चनपुरको दक्षिणी क्षेत्रमा लागुऔषध ओसारपसारका घटनाहरू बढिरहेका बेला प्रहरीले आफ्नो निगरानीलाई थप कडाइ गरेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by