पुनर्वास–५ को वडाध्यक्षमा गठबन्धनबाट युवा नेता जेठाराको उम्मेदवारी दर्ता
पुनर्वास– बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा पुनर्वास–५ मा गठबन्धनबाट वडाध्यक्षका उम्मेदवार युवा नेता धर्मेन्द्र जेठारा भएका छन् ।
गठबन्धनबाट सो वडा नेकपा माओवादीको भागमा परेपछि युवा नेता जेठाराले निर्वाचन अधिकृतको कार्यालय पुनर्वासमा बैशाख १२ गते वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।
देशमा बढ्दो भ्रष्टचार र अनियमितताका कारण देश नै गुज्रिएको यो अवस्थामा जनतालाई युवाशक्तिको आवश्यक्ता महशुस गरी उम्मेदवारी दिएको वडाध्यक्ष पदका उम्मेदवार जेठाराले जानकारी दिए ।
आफुले पाउने सेवासुविधा समेत वडा भित्रका सम्पूर्ण विकास निर्माणका काम, स्वास्थ्य, शिक्षा लगायतका गतिविधि सुधारमा आफु बिना कुनै स्वार्थमा लृप्त नभई कटिबद्ध भई लाग्ने जेठाराले प्रतिबद्धता व्यक्त गरे ।
गठबन्धनका उम्मेदवार जेठारा पुनर्वासमा सबै दलहरुका कान्छा उम्मेदवार हुन् । उनको पक्षमा यतिबेला निकै चर्चा हुँदै आएको सुनिन्छ । हेरौ बाकी बैशाख ३० गतेको मतपरिणामले के देखाउछ ।