
पुनर्वासमा काङ्ग्रेस देउवा पक्षको नगर कमिटीको जिम्मेवारी दिल बोहरा र सचिवमा युवा प्रवेश पौडेल
पुनर्वास – कंचनपुरको पुनर्वासमा नेपाली काङ्ग्रेस देउवा पक्षको नगर कमिटी गठन भएको छ ।
मंगलबार उद्योग वाणिज्य संघको सभाहलमा दिल बहादुर बोहराको नेतृत्वमा १४ सदस्यीय नगर कार्यसमिती गठन भएको हो ।
कार्यसमितिको उपसभापतिमा माया खड्का, गंगाराम राना,सचीवमा पुस्कल चन्द,प्रवेश पौडेल,सह-सचिवमा बिमला श्रेष्ठ,अग्नि प्रसाद उपाध्याय सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा निर्मला तमौली,दिल कुमारी चन्द,गोपाल नेपाली,बहादुर सायर,धना धामी,सुब्बा राना र जितबहादुर तामाङलाई चयन गरिएको हो ।
सचिवमा सर्वसम्मत चयन भएका प्रवेश पौडेल नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेपाल्ल विद्यार्थी संघमा सक्रिय युवा हुन् ।
पौडेलले पुनर्वास जनता क्याम्पसको यस अघिको स्ववियु निर्वाचनका उपसभापति पदमा रहि एक कार्यकाल पूरा गरेका थिए ।
उनी पुनर्वासका विभिन्न विद्यालयमा लामो समय देखि शिक्षण पेशामा आवद्ध छन् ।
पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काङ्ग्रेसका सक्रिय सदस्यहरुको उल्लेख्य सहभागिता थियो ।
















