जनजागरण सामुदायीक वनद्धारा नयाँ बर्ष शुभकामना आदनप्रदान संगै वन संरक्षण तथा आगलागी नियन्त्रण सम्वन्धि कार्यशाला गोष्ठी सम्पन्न
“वनको महत्व हाम्रो शान, वन संरक्षण हाम्रो अभियान” भन्ने मुल नाराका साथ श्री जनजागरण सामुदायीक वन उपभोक्ता समुहले नयाँ बर्ष २०८१ सालको शुभकामना आदनप्रदान संगै वन संरक्षण तथा आगलागी नियन्त्रण सम्वन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै सब डिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेस कुमार यादबले वन डढेलो, आगलागी नियन्त्रणमा आफुहरुले धेरै प्रयास गरेको बताउनुभयो । वन डढेलो नियन्त्रण आफैमा चुनौती रहेको बताउदै , सबैले वन सरक्षणका लागि एक हुन आवश्यक रहेको बताउनुभयो । अग्नि नियन्त्रकहरु प्रत्येक सामुदायिक वनमा आवश्यक रहेको बताउदै पालिकाले यसतर्फ चासो दिनुपर्ने बताउनुभयो । सबै सामुदायिक वनहरुले अग्निरेखा बनाएको भएपनी, पुर्ण रुपले वन डढेलोको रोक्न नसकिएको उहाले बताउनुभयो ।
कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका निवर्तमान नगर प्रमुख जीवन राज थापाले सामुदायिक वनबाट स्थानियलाई धेरै नै सहयोग भएको बताउनुभयो । स्थानियको आवश्यकता अनुसार दाउरा, काठ, घासपात सजिलै उपलब्ध भएको उहाले बताउनुभयो । त्यसैले वनको सरक्षणमा हामी सबैको साथ र सहयोग रहेको बताउनुभयो । वनको पदाधिकारीहरुले धेरै चुनौती झेलेर बचाएको वन क्षेत्रमा डढेलो लगाउने, रुख बिरुवा काट्ने जस्ता गतिविधि देखिएकाले त्यस्तो काम नगर्न उहाले स्थानीयलाई आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले नयाँ बर्षको शुभकामना व्यक्त गर्नुभयो । वन सरक्षणका लागि आफुले गर्नुपर्ने सहयोग गर्न कुनै कमि नराख्ने बताउनुभयो । वन सरक्षणका लागि दोदाबाट नै तटबन्धन गर्दै अगि बढेको उहाले बताउनुभयो । सामुदायिक वनले सुरु गरेको स्विमिङ पुल निर्माण कार्य अधुरो रहेको बिषयमा आफू बिज्ञ रहेको बताउनुभयो । त्यो कामलाई पुर्णता दिन आफुले पहल गरेको भएपनी अख्तियारमा परेको मुद्दाका कारण काम गर्न असहज भएको बताउनुभयो । अख्तियारको फैसला नआई पालिकाले बजेट दिन समस्या रहेको समेत उहाले बताउनुभयो । त्यस्तै प्यारातालमा पनि पालिकाले सहयोग गरेको उहाँले बताउनुभयो । अन्य वडामा भएको बजेट कटौती गरेर प्रधानमन्त्री स्वरोजगार कार्यक्रमवाट पालिकाले १० लाख बजेट बिनियोजन गरेको उहाले बताउनुभयो । त्यस्तै वार्डबाट पनि प्यारातालमा सरचना निर्माणमा २ लाख बजेट छुट्टाएको बताउनुभयो । पालिकाको स्रोतले भ्याएसम्म आफुले गर्नुपर्ने काममा कुनै कसर बाकी नराख्ने उहाले बताउनुभयो । पछिल्लो समय आगलागीका घटना बढेको र पालिकाको दमकलमा खराबी आएको र मर्मतमा रहेको बताउदै उहाले आगोजन्य कार्य गर्दासबैलाई सजक भएर काम गर्न समेत आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रमका सभापति तथा श्री जनजागरण सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लोक बहादुर कार्कीले नयाँ बर्षको शुभकामना आदानप्रदान सगै जनचेतना अभिबृद्दी कार्यक्रम गरिएको बताउनुभयो । चैत्रको अन्त्यमा गर्ने भनिएको कार्यक्रम केही ढिलागरि हुन गएकोमा उहाले क्षमा व्यक्त गर्नुभयो । पछिल्लो समय वनमा डढेलो लगाउने कार्य बढ्दै गएकाले पनि यो कार्यक्रम मार्फत वन डढेलो नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा उहाले गर्नुभयो ।